सोमबार , असोज १२, २०७७

किशोरी बलात्कारको आरोपमा तीन जना पक्राउ

किशोरी बलात्कारको आरोपमा तीन जना पक्राउ

२४ भदौ, बैतडी । जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मंगलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ । ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटकपटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । “हामीले घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौँ । पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौँ । यो घटनामा संलग्न भएका कसैलाई पनि छाडिँदैन ।”

पीडित किशोरीसँगै उनका श्रीमान् र एकजना दाजुसमेत सदरमुकाम पुगेका छन् । सोमबार सिगास पुगेको प्रहरीले मङ्गलबार किशोरीको उद्धार गरेर सदरमुकाम ल्याएको हो । पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिने प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको हो । यो घटना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! २० घण्टा पहिले
बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? १८ घण्टा पहिले
भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि १५ घण्टा पहिले
आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! १५ घण्टा पहिले
विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … १५ घण्टा पहिले
सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने १५ घण्टा पहिले
बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु १६ घण्टा पहिले
टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात १५ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले