धानमा मल नहाली लाग्यो बाला
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १५:१२:५०
२४ भदौ, झापा । झापा भद्रपुर नगरपालिका–३ की जमुना राजवंशीले धानमा बाला लाग्न थाले पनि युरिया मल हाल्न पाइनन् । राजवंशीले २ बिघा जग्गा भाडामा लिएर धान खेती गरेकी छन् । “धान गोडमेलको समय सकिएर बाला लाग्न थाले पनि मल पाइएन,” राजवंशीले भनिन्, “बाला राम्रोसँग लागेको छैन, गत वर्षको तुलनामा यस वर्ष उत्पादन आधा घट्ने देखिन्छ ।”
बाला लागेको धानसमेत पहेँलिन थालेको राजवंशी बताउँछिन् । यस वर्ष जग्गाको ठेक्का बुझाउनसमेत नसक्ने अवस्था आएको राजवंशीले सुनाइन् । “धान लगाउँदाको ऋण तिर्नै बाँकी छ, उत्पादन कम हुने भएपछि ठेक्का बुझाउने पैसा पुग्दैन,” राजवंशीले भनिन् ।
झापा भद्रपुर नगरपालिका –३ का ७८ वर्षीय जसबहादुर राईले १ बिघा १६ कठ्ठामा धान लगाएका छन् । श्रीमतीको सहयोगमा धान खेती गर्दै आएका राईले जग्गाधनीसँग उब्जनीको आधा धान दिने ‘अधिया’ सहमति गरेका थिए । “धानले बाला लगाउन सुरु गरे मल छैन,” राईले भने, “बल हुनेहरुले भारतीय बजारबाट मल ल्याएर लगाए, हामीलाई त भारतीय बजारसम्म जाने आँट नै आएन ।” सरकारले मल उपलब्ध गराउन नसकेपछि स्थानीय कृषकले भारतीय बजारबाट मल ल्याएर लगाए । भारतीय बजारबाट ल्याएको मल महँगो भएर पनि आफूले नलगाएको राई बताउँछन् ।
बाला लागेपछि युरिया चाँहिदैन
सरकारले धानका लागि भन्दै बंगलादेशबाट ५० हजार टन युरिया सापटीमा ल्याउने टुंगो लगाइसकेको छ । मलको ठेक्का पाएका ठेकेदारले मल ल्याउन ढिला गरेसँगै बंगलादेशसँग सापटी युरिया ल्याउने प्रक्रिया अगाडि बढाए पनि धानले बाला लगाइसकेपछि लगाएको युरियाले कामै नगर्ने वरिष्ठ धानबाली विज्ञ भोलामान सिंह बस्नेत बताउँछन् ।
“एक पटकको धानबालीमा १ हेक्टरलाई १ सय किलो नाइट्रोजन, २० किलो फस्पोरस र ३० किलो पोटास आवश्यक हुन्छ” धानबाली विज्ञ बस्नेतले भने, “युरियामा ४६ प्रतिशत नाइट्रोजन हुन्छ, सोही कारण धानले उत्पादन शुरु गर्ने बेलासम्म २ पटक युरिया आवश्यक हुन्छ ।” पहिलो पटक धान रोपेको २० देखि ३५ दिन भित्रमा र दोस्रो पटक ४०देखि ५० दिन भित्रमा युरिया लगाइसक्नु पर्ने भएपनि यस वर्ष उक्त समयमा युरिया मल नपाइएकाले अब भित्र्याइने मल धानबालीका लागि आवश्यक नहुने बस्नेतको भनाई छ । “कृषकले धान लगाएको ५० दिन कटिसकेको छ,” बस्नेत भन्छन्, “अब मल लगाएर उत्पादन बढ्ने होइन, सरकारले आयात गर्ने भनिएको मल आलु, गहुँका लागि मात्र उपयोगी हुन्छ ।”
मल अभावले यस वर्ष उत्पादनमा समेत ह्रास आउने बस्नेत बताउँछन् । “यस वर्ष औषत वर्षा हुन्छ भनेर मौसमविद्ले पूर्वानुमानसमेत गरेका थिए,” बस्नेतले भने, “सोही अनुसार वर्षाले त साथ दियो, तर, मल अभाव टरेन ।” धानको उत्पादन वृद्धिको लागि युरिया मल अत्यावश्यक रहेको बस्नेतको भनाइ छ । नार्कले दीर्घकालीन मलखाद परीक्षणमा गरेको अनुसन्धानबाट १ हेक्टर धानलाई १ सय किलो नाइट्रोजन आवश्यक हुने देखिएको छ । “त्यसका लागि युरिया मल र प्राङगारिक मल ५०-५० प्रतिशत लगाउन सकेमात्र उत्पादन राम्रो हुन्छ,” बस्नेतले भने, “प्राङ्गारिक मलमा कम मात्रमा नाइट्रोजन हुनाले युरिया अत्यावश्यकमा पर्छ ।” घट्दो खेतीयोग्य जमिनबाट बढ्दो जनसंख्यालाई खुवाउन र आयआर्जन बढाउन प्रविधि र विज्ञानमा आधारित खेती जरुरी रहेको बस्नेतको तर्क छ ।
अहिले कोरोना महामारीको समयमा समेत कृषक मलका लागि भौंतारिरहेका छन् । झापाको कनकाई नगरपालिकाका घनश्याम प्रसाईँ कृषकहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएको बताउँछन् । धानले उत्पादन दिने बेलासम्म मल नपाएको उनको गुनासो छ । आ।ब २०७५/७६ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै अर्थात् ५६ लाख टन धान उत्पादन भएको थियो । त्यसयता आब २०७६/७७ मा ५५ लाख टन धान उत्पादन भएको थियो । प्रारम्भिक चरणमा आएको वर्षाले यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै उत्पादन हुने अनुमान लगाइए पनि मल अभावले उत्पादन घट्ने कृषि विज्ञको भनाई छ । साथै केही स्थानमा किराले पनि धानबाली बिगारेकाले उत्पादनमा कमी आउने देखिन्छ । कारोबार दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार