व्यासको फोहोर माथिल्लो भतेरीमा व्यवस्थापन
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १५:४०:२२
२४ भदौ, तनहुँ । तनहुँको व्यास नगरपालिका कार्यालयले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नदीले कटान गरेपछि वैकल्पिक स्थलको रूपमा माथिल्लो भतेरीमा व्यवस्थापन गर्न लागेको छ । वडा नं १० र ४ पर्ने माथिल्लो भतेरीमा फोहोर विसर्जन गरी कम्तीमा मंसिर महिनासम्मका लागि बजार क्षेत्रको फोहोर सङ्कलन गरी अस्थायीरूपमा विसर्जन गर्न लागिएको नगरपालिका कार्यालयले जनाएको छ ।
गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थल बगाइदिएपछि फोहोर व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ । वडा नं १० स्थित रानीपानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले दीर्घकालीनरूपमा फोहोर विसर्जनस्थल निर्माण गर्न लागेको छ ।
वातावरणीय प्रभाव अनुसन्धान रिपोर्ट आउन बाँकी रहेकोले तत्कालका लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिएको वातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिए ।
उक्त क्षेत्रमा करिब सात रोपनी जग्गा पर्याप्त मात्रामा रहेकोले फोहोर विसर्जनको सम्भावना बढेकाले प्रक्रिया अघि बढिरहेको समितिका संयोजक न्यौपानेले बताए । वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा नगरपालिकाका वरिष्ठ आलेप नोडल अधिकृत कुमारकञ्चन जिसी सदस्य सचिव, वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटा सदस्य, शान्तिनगर, डिहीकुना, बिरालेटार, वेदव्यास टोल विकास संस्थाका अध्यक्ष तथा रानीपानी र विर्ता सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सदस्य रहने गरी वातावरणीय अध्ययन सहयोग तथा परामर्श समिति गठन भइसकेको छ ।
दीर्घकालीनरूपमा फोहोर व्यवस्थापन गर्न लागिएको लागि वडा नं १० र ४ मा पर्ने बाटो र नाला निर्माण भइरहेको छ । गत आवमा रु ५० लाख र यस आवमा रु ७० लाख गरी रु एक करोड २० लाख विनियोजन गरिसकिएको छ । दुवै वडालाई बराबरी असर पर्ने हुँदा सोहीअनुरूप विकास निर्माणका कामहरु भइरहेका छन् ।
संयोजक पौडेलले भने, “यस आवभित्रै बाटो नाला निर्माण सम्पन्न गरी आगामी जेठ महिनादेखि फोहोर व्यवस्थापन कार्य थाल्ने योजना छ ।” तनहुँमा रहेका दश पालिकामध्ये सबैभन्दा ठूलो र धेरै जनसङ्ख्या रहेको व्यास नगरपालिकाको वडा नं २, ३ र ४ मा गरी दैनिक ११ टन फोहोर सङ्कलन हुँदैआएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार