बुधबार , असोज १४, २०७७

खलङ्गा बजार : दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै उपभोक्ता

खलङ्गा बजार : दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै उपभोक्ता

२४ भदौ, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमा रहेको छ । विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन् । गत वर्ष विद्युत्को क्षमता विस्तारका लागि करिब रु तीन करोडको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन जडान गरेका थिए ।

मेसिन जडानकै क्रममा ठेकेदार पासी फरार भएपछि विद्युत् आपूर्ति बन्द भयो । चर्को विरोधपश्चात् ठेकेदार आएर टालटुल गरेर फर्कीए तर एकदुई महिना नबित्दै लोडसेडिङ पुरानै अवस्थामा फर्कियो । मर्मतसम्भारका लागि नेपालस्थित भारतीय राजदूतावासले रु दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले रु ४५ लाख २२ हजार ९०० थपेको थियो । नयाँ मेसिन जडानका लागि रु तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो ।

ठेकेदारले जुम्लावासीलाई झुक्याएर नक्कली मेसिन जडान गरेकै कारण अँध्यारोबाट मुक्ति पाउन नसकिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । एक दिन बिजुली आउने अनि दुई दिन नआउने क्रम भए पनि विगत दुई सातादेखि जुम्ला सदरमुकाम खलङ्गामा अनिश्चितकालीन लोडसेडिङ हुने गरेको छ ।

‘प्रोग्राम लजिक कन्ट्रोल’ ‘पीएलसी’ सफ्टवेयर बिग्रिएपछि अनिश्चितकालीन लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्राविधिक प्रमुख हेमन्त साहुले बताए । “पिएलसी सफ्टवेयरविना विद्युत् उत्पादन तथा आपूर्ति सम्भव छैन । यो सफ्टवेयर पनि तिनै ठेकेदार पासीले सञ्चालन गरेका हुन्”, उनले भने । उनका अनुसार जलविद्युत्को सबै सिस्टम कन्ट्रोल गर्ने, पानी फलो गर्ने सबै काम पीएलसी सफ्टवेयरकै हो । ठेकेदार कम्पनीले नै आएर पीएलसी सफ्टवेयर चालू नगरेसम्म खलङ्गामा लोडसेडिङ कायम रहने उनले बताए ।

ठेकेदार पासीकै शुभकामना जेभी कम्पनीले हाइड्रो मेकानिकल पार्टहरू मात्रै आपूर्ति गर्ने हो तर त्यसले हचुवाकै भरमा मेसिन जडान र सफ्टवेयर सञ्चालन गरेपछि पटकपटक विद्युत् सञ्चालनमा अवरोध हुँदै आएको छ । पासी नआएसम्म विद्युत् सञ्चालन मुस्किल भएको छ । कहिलेसम्म लोडसेडिङ हुने र कहिले ठेकेदार आउने कुनै टुङ्गो छैन । ठेकेदार पासीले सबै नक्कली सामानहरू मात्रै जडान गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

चौरभरि उपकरण र डिजेल्ट प्लान्ट

गत वर्ष जुम्लामा अन्धकार भएपछि सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न रु २४ लाख ६० हजार उपलब्ध गराए । खरिद गरेर २०० केभी ‘१६० किलोवाट’ क्षमताको उपकरण जुम्लामा पनि ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो तर डिजेलको खर्च थेक्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ ।

त्यसैगरी जुम्लाको बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसद्सम्म चर्को विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्को डिजेल प्लान्ट पनि पठायो तर डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि एक दिन बिजुली नबालेरै थन्किएको तत्कालीन साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । “विद्युतगृहको चौरभरि उपकरणले भरिएको छ तर यहाँका उपभोक्ताले नियमित बिजुली बाल्न पाएका छैनन्”, उनले भने । केन्द्रीय प्रसारण लाइन कहिले जिल्लामा आउने हो भन्ने कुनै टुङ्गो नभएको उनले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले