हेलम्बुमा पुनः गोल्डेन एप्पल खेती विस्तार गरिने
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १६:२:१९
२४ भदौ, चौतारा । गोल्डेन एप्पलको नामले चर्चा पाए पनि रोगले सखाप पारेपछि पहिचान गुमाएको सिन्धुपाल्चोकको हेलम्बुमा पुनः स्याउखेती विस्तार गरिने भएको छ । हेलम्बुलाई स्याउ क्षेत्र बनाउने लक्ष्यका साथ खेतीको विस्तार गरिने कार्यक्रम राखिएको छ । गत वर्ष हेलम्बु गाउँपालिकाले रु चार लाख लगानी गरी किसानलाई ५० प्रतिशत अनुदानमा इटालीबाट झिकाई दुई सय स्याउका बोट रोपिएको चार महिनामै असोजमा फल्न शुरु गरेको थियो । गोल्डेन बोलिसेस, फुजी र गाला प्रजातिका स्याउका बोट कलमी भएकाले औसतमा होचो हुन्छ । फलेका स्याउ बजारमा पाइनेभन्दा निकै स्वादिलो रहेको कृषि प्राविधिकको जिकिर छ । यस वर्ष करीब चार सय किलोग्राम स्याउ फल्ने पालिकाका पशु तथा कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताए।
विदेशबाट झिकाइएका बिरुवा वडा नं १ को हेलम्बु, वडा नं २को किउल र वडा नं ५ को महाङ्कालमा लगाइएको छ । त्यसबाट राम्रो प्रतिफल दिन थालेपछि यस वर्ष पनि रु एक लाख ७५ हजार लगानी गरी ७५ प्रतिशत अनुदानमा थप दुई सय बिरुवा झिकाई रोपिएका छन् । करीब २६ रोपनी क्षेत्र स्याउको बिरुवाले ढाकेको छ । प्रत्येक वर्ष विस्तार गरिँदै लाने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। । त्यहाँ उत्पादित स्याउ हाल स्थानीयस्तरमा खपत हुने बताइएको छ ।
नेपालमा स्याउको उत्पादन नभएका समयमा विसं २०३० सालमा हेलम्बुमा गोल्डेन स्याउले निकै चर्चा कमाएको थियो । त्यहाँका अधिकांश व्यक्ति रोजगारीका लागि भारत जाने र घर फर्कने समयमा काश्मिरबाट स्याउका बिरुवा ल्याएर रोप्ने गरेका थिए । परीक्षणका रुपमा रोपिएका बिरुवाले राम्रो उत्पादन दिन थालेपछि कृषकले उत्साहित हुँदै ऋृण गरेर थप बिरुवा लगाएका थिए ।
तत्कालीन समयमा यातायातको सुविधा नहुँदा पनि ज्यामीद्वारा ढुवानी गरी उत्पादित स्याउ राजधानीसम्म पुग्ने गरेको स्थानीयवासी अझै सम्झने गर्छन् । यसरी राम्रो उत्पादन दिँदादिँदै केही वर्षपछि झ्याउ जस्तो लहराले क्रमशः बोट सुक्न थालेपछि नियन्त्रण हुनै नसकी २०४० सालमा आइपुग्दा स्याउका बोटको नामोनिशान हराएको स्थानीय किसान दुःखेसो सुनाउँछन् ।
लामो समयको अन्तरालपछि २०६९ सालमा केही स्थानीयवासीले आफ्नै पहलमा भारतका हिमाञ्चल प्रदेश र त्यसअन्तर्गत सिमलाबाट स्याउका बिरुवा पुनः ल्याएर रोपेका थिए । हेलम्बुको मेलम्चीघ्याङ आसपासका गाउँमा रोपिएका ती बोटले उत्पादन दिन थालिसकेका छन् । यस वर्षदेखि स्याउ किसानको समूह बनाई गोडमेल, मलखाद, औषधोपचार तथा अनावश्यक हाँगा काँटछाँट जस्ता सामान्य प्राविधिक ज्ञानका बारेमा तालीम दिने कार्यक्रम रहेको कृषि शाखा प्रमुख बरुवालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार