मंगलबार , असोज १३, २०७७

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

२४ भदौ, पोखरा । पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छिन । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो ।

अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उनको नाम ३४ नम्बरमा छ । विसं २०२६ यताका गुल्मपतिमा उनी पहिलो महिला हुन भने नेपालमा दोस्रो गुल्मपति हुन । नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन ।

जिम्मेवारी बहनसँगै रासससँगको कुराकानीमा गुरुङले भने, “तीन दशक लामो प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छु, गुल्मपतिको जिम्मेवारीलाई पनि यसको काम, कर्तव्य । अधिकारभित्र रहेर उत्कृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछु ।” उनले गुल्मपतिको जिम्मेवारीले आफूलाई थप ऊर्जा र उत्साह थपेको बताए ।

आपत्कालीन ब्याक फोर्सका रुपमा रहने गुल्ममा उनको नेतृत्वमा ११० प्रहरी रहनेछन् । गुल्ममा सशस्त्र हतियारसहितका प्रहरी सेवा सञ्चालनसम्बन्धी विविध तालिम प्रदान गरिन्छ । यसअघि उनले दुई दशक लामो समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुखको जिम्मेवारी बहन गर्दै आएका थिइन ।

कास्कीमा हुने विभिन्न आन्दोलन तथा प्रदर्शनमा हुने दङ्गा र भीड नियन्त्रणमा नेतृत्व गर्दै समन्वयकारी भूमिकासमेत गुरुङले बहन गरेकी छिन । विसं २०७२ सालमा मानव बेचबिखनविरुद्ध प्रभावकारी काम गरेको मूल्याङ्कनका आधारमा महिला तथा बालबालिका मन्त्रालयबाट सम्मानित हुनाका साथै दर्जनभन्दा बढी संघ संस्थाबाट उनी सम्मानित भइसकेकी छिन ।

गुरुङले प्रहरी सेवामा पछिल्लो समय महिलाको गर्विलो उपस्थिति निकै सकारात्मक भएको धारणा राखिन । प्रहरी सेवामा महिला सहभागिताले लैङ्गिक समावेशीकरण कायमका साथै समतामूलक र न्यायिक समाजको लागि भूमिका खेल्ने विश्वास उनको छ । उनले २०४९ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रारम्भ गरिन । उनले विसं २०६७ मा प्रहरी निरीक्षकमा बढुवा भएर आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै आएकी छिन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज २०७७ असोज १३ गते मंगलबारको राशिफल आज २०७७ असोज १३ गते मंगलबारको राशिफल ५ घण्टा पहिले
इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित १६ घण्टा पहिले
बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद २१ घण्टा पहिले
पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह १९ घण्टा पहिले
नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र १४ घण्टा पहिले
राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! १८ घण्टा पहिले
प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त १७ घण्टा पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन १७ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले