आइतबार , असोज ११, २०७७

बीपीप्रतिको सच्चा श्रद्धाञ्जली

बीपीप्रतिको सच्चा श्रद्धाञ्जली

सम्पादकीय

नेपालको राजनीतिक आयाममा एउटा विशिष्ठ नेताकाे नाम सदावहार रहेकाे छ– उनी हुन् बीपी कोइराला । राणाशासन विरुद्ध नेपाली जनतामा चेतनाको बीजारोपण गर्ने अभियानको नेतृत्व गरेका बीपीका चिन्तन र विचार आजपनि सान्दर्भिक छन् । नेपाली राजनीतिमा उनी अमर अजर छन् । छ दशक अघि उनले देखेको सपना अहिलेपनि नेपालमा उत्तिकै सामयिक छ । चाहे राजनीतिमा होस् वा साहित्यमा बीपी कालजयी बनेको नाम हो ।

उनै बीपी कोइरालालाई आज उनका अनुयायीहरुले स्मरण गर्दैछन् । बीपीले स्थापना गरेको पार्टी नेपाली कांग्रेसले १०७ औं जन्मजयन्ती तीन दिनसम्म भव्यताका साथ मनाउने भएको छ । त्यसका लागि कांग्रेस केन्द्रीय कार्यालयले नै कार्यक्रम तय गरेको छ ।

आज हुने भर्चुअल मिटिङमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले संवोधन गर्दैछन् । अर्थात, बीपीलाई आज नेताहरुले स्मरण गर्नेछन् । तर तिनै मध्ये कतिपय नेताले बीपीले के योगदान दिएका थिए, वा बीपी चिन्तन भनेको के हो भन्नेबारे दुई मिनेट बोल्ने ल्याकत राख्दैनन् ।

१९७१ साल भाद्र २४ गते जन्मेका बीपीले लामो समय संघर्षमा बिताए । भारतको स्वतन्त्रता संग्रामदेखि नेपालको राणाशाहीविरुद्ध बीपी अग्रमोर्चामा भिड्ने योद्धा थिए । भारत स्वतन्त्र भएपछि नेपालमा समेत राजनीतिक स्वतन्त्रता मिल्ने उनको बुझाई थियो । त्यसैले उनले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे । प्रजातन्त्र स्थापनाका लागि स्थापित सुवर्णशमशेर राणाको नेपाल प्रजातन्त्र कांग्रेससँग ००६ सालमा एकीकरण गरे । त्यसपछि बनेको नेपाली कांग्रेस नेतृत्वको आन्दोलनले ००७ सालमा प्रजातन्त्र स्थापना गरेको थियो ।

राणा शासन त ढल्यो । तर राणा प्रधानमन्त्री कायमै थिए । दिल्ली सम्झौता अनुसार, मोहन समशेर कै नेतृत्वमा बनेको अन्तरिम सरकारमा बीपी गृहमन्त्री रहे । त्यसपछि मात्रिकाप्रसाद कोइराला नेतृत्वमा अर्काे सरकार बन्यो । लामो समयको अस्थिरतापछि ०१५ सालमा भएको संसदीय निर्वाचनमा बीपी नेतृत्वको कांग्रेसले दुई तिहाई मतका साथ सरकार बनायो ।

त्यसबेला बीपी नेतृत्वको सरकारले जसको जोत उसैको पोत भन्ने नीति पास गरेको थियो । जसलाई क्रान्तिकारी भूमिसुधार नीति भनियो । त्यसयताका कुनैपनि सरकारले बीपी जत्तिको क्रान्तिकारी कदम चाल्न सकेका छैनन् । विर्ता उन्मूलन गर्ने उनको निर्णयबाट त्यतिखेर ठूलाबडाको सातो गएको थियो । साथै, जनताबीच बीपीको लोकप्रियता चुलिन थालेको थियो ।राजा महेन्द्रले बीपीको लोकप्रियतालाई पचाउन सकेनन् ।

अनेक बहाना झिकेर उनले ०१७ साल पुस १ मा प्रजातन्त्रकै हत्या गरिदिए । साथै, बीपीलाई बन्दी बनाए । लामो समय सुन्दरीजलमा बन्दी जीवन विताएका बीपीलाई ०२५ सालमा रिहा गरियो । त्यसपछि उनी लगातार आठ बर्ष भारतमा निर्वासित भएर बसे । अन्ततः उनले भारतमा बसेर नेपालमा संघर्ष गर्न नसकिने निश्कर्ष निकाल्दै बरु राजासँग मेलमिलाप गर्ने भन्दै ०३३ साल पुस १६ गते स्वदेश फर्के । अनि लगातार संघर्ष जारी राखे । यसैक्रममा उनी ०३९ साउन ६ गते घाँटीको क्यान्सरबाट परमधाम भए ।

बीपीले सधैं नेपाली राजनीतिलाई मिहिन ढंगले केलाउने गर्थे । उनी भन्थे– कांग्रेस सत्तामा गयो भने सुकिलामुकिला र हुनेखानेको हालीमुहाली हुनेछ, त्यसका विरुद्ध आम कार्यकर्ताले एकपटक फेरि संघर्ष गर्नुपर्छ । नभन्दै अहिले कांग्रेसको हालत त्यस्तै छ । पार्टीमा लामो संघर्ष र बलिदानी दिनेहरु सडकमा छन् । तर नेतालाई नजराना चढाउनेहरु महत्वपूर्ण जिम्मेवारीमा छन् । देशका सबैभन्दा धनी विनोद चौधरी आज नेपाली कांग्रेसका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्छन् । उनले कांग्रेस निर्माण गर्न के कति योगदान दिए कसैलाई थाहा छैन । हिजोसम्म अर्काे पार्टीको प्रतिनिधि रहेका उनै चौधरी के आधारमा कांग्रेस कोटामा सांसद भए त्यसको जवाफ देउवाले वा अरु कसैले दिनुपर्दैन ?

यो त केवल प्रतिनिधि पात्र मात्र हो । यस्ता अनगिन्ती नाम रहेका छन् । बीपी चिन्तनले यसलाई कत्तिको जायज मान्छ ? देउवाहरुले जवाफ दिउन् । संकटका बेला बीपी आफै अग्रसर हुन्थे । कहाँ कसलाई कुन जिम्मेवारी दिनुपर्छ भन्ने उनमा राम्रो हेक्का थियो । त्यसैले उनले पछिल्लो कालखण्डमा सन्तनेता कृष्णप्रसाद भट्टराईलाई पार्टीको कार्यबाहक सभापति बनाए । बीपीलाई त्यसको महत्वबारे ज्ञान थियो । तर अहिले देउवालाई मर्नेबेला पनि सभापति र प्रधानमन्त्रीको कुर्सी चाहिएको छ ।

त्यागको प्रतिमूर्तिलाई आदर्श मान्ने हो भने देउवाहरुले आजैबाट राजनीतिक विश्रामको घोषणा गरे हुन्छ । कांग्रेसलाई बीपीको आदर्श बमोजिम चलाउने हो भने अब समय सापेक्ष जुझारु कांग्रेस बनाउने संकल्प लिनुपर्छ । त्यसका लागि फेरि नेतृत्वको दावा गर्ने लोभीपापी नेताहरुले ठूलो छाती देखाउन । त्यो नै बीपीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले