कालिका लघुवित्त संस्थामाथि राष्ट्र बैंकको अनुसन्धान
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार २२:१:५३
२४ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकले कालिका लघुवित्त वित्तीय संस्थामाथि अनुसन्धान शुरु गरेको छ । संस्थामा करोडौं अनियमितता भएको गुनासो आएपछि राष्ट्र बैंकले अनुसन्धान थालेको हो ।
तनहूँको साजबोट शाखा कार्यालयमा ५३ जना नक्कली ऋणी खडा गरेर शाखा प्रवन्धक शर्मिला घिमिरेले कर्जा लिएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको हो । संस्थाका निमित्त सीईओकै मिलेमतोमा अनियमितता भएको गुनासो कर्मचारीले गरेपछि अनुसन्धान शुरु गरिएको हो ।
नक्कली ऋणी खडा गरेर पैसा निकालि आपसमा भागबण्डा गरिएको पनि केही कर्मचारीको भनाई छ । साजबोट शाखा साविकको जनसेवी लघुवित्त वित्तीय संस्था अन्तरगत थियो । जनसेवी लघुवित्त कालिकामा मर्ज भएपछि उक्त शाखा पनि मर्ज भएको हो । त्यसबेला जनसेवीको सीईओ रहेका कमल खत्री कालिकाको डेपुटी सीईओ नियुक्त भएका थिए । अहिले उनले निमित्त सीईओ भएर कालिकाको नेतृत्व गरिरहेका छन् ।
तर नक्कली ऋणी खडा गरी रकम निकालेर अनियमितता भएपछि कालिका लघुवित्तमाथि चौतर्फी प्रश्न उब्जिएको छ । संस्थाबाट ऋण लिएका अरु ऋणी पनि चिन्तित बनेका छन् । राष्ट्र बैंकले अनुसन्धान शुरु गरेकाले यतार्थ बाहिर आउने अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार