शनिबार , असोज १०, २०७७

२४ दिनमा ९ कम्पनीका लगानीकर्ताको सम्पत्ति ८९ करोडले बढ्याे

२४ दिनमा ९ कम्पनीका लगानीकर्ताको सम्पत्ति ८९ करोडले बढ्याे

२४ भदौ, काठमाडौं । २०७७ भदौ १ देखि २४ गतेसम्म ९ बैंक तथा वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ । जसमा दुईवटा विकास बैंक, तीन वटा बीमा कम्पनी र चार वटा लघुवित्त संस्था रहेका छन् ।

नेप्सेमा सुचीकृत भएसँगै धिताेपत्र बजारमा कुल ८९ लाख ४९ हजार छ सय ९९ कित्ता शेयर थपिएको छ । सुचीकृत शेयरको न्यूनतम १०० रुपैयाँलाई आधार मान्दा लगानीकर्ताको सम्पत्ति ८९ करोड ४९ लाख ६९ हजार नौं सयले बढेको छ ।

२०७७ भदौ १ गते नेप्सेमा दुईवटा कम्पनीको बोनस शेयर सुचीकृत भएका थिए । नेपाल इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस शेयरले हुन आउने ५ करोड ४७ लाख सात सय ६८ कित्ता शेयर सुचीकृत भएको थियो । सोही दिन आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत बोनस शेयरले हुन आउने छ लाख १२ हजार तीन सय ६० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको थियो ।

त्यसपछि २०७७ भदौ ७ गते प्रिमियर लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.५० प्रतिशतले हुन आउने २५ लाख नौ हजार नौ सयर २५ कित्ता शेयर सुचीकृत भएको थियो ।

२०७७ भदौ १० गते सप्तकोशी डेभलपमेन्ट बैंकको ६ प्रतिशतले हुन आउने ४ लाख ७२ हजार दुई सय ६७ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।

त्यसैगरी २०७७ भदौ १४ गते सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२ प्रतिशतले हुन आउने तीन लाख २० हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।

२०७७ भदौ २१ गते साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १५ प्रतिशतले हुन आउने ३९ लाख ३४ हजार तीन सय ५६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको थियो ।

२०७७ भदौ २३ गते दुई वटा लघुवित्तको बोनस शेयर नेप्सेमा सचीकृत भएको छ । सर्पोट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले हुन आउने ६० हजार कित्ता शेयर सुचीकृत भएको थियो । त्यस्तै सिभिल लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशतले हुन आउने ५७ हजार ५७ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।

त्यसैगरी २०७७ भदौ २४ गते नागबेली लघुवित्त वित्तीय संस्थाकोको २६ प्रतिशतले हुन आउने ४ लाख ३५ हजार नौ सय ६६ कित्ता शेयर सुचीकृत भएको थियो ।

२०७७ भदौ १ गते देखि २४ गतेसम्म नेप्सेमा बोनस शेयर सुचीकृत भएका कम्पनीहरु : जसमा दशमलव पछिका कित्ता समावेश छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजभाेलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न अध्यक्षद्वय सहमत आजभाेलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न अध्यक्षद्वय सहमत २२ घण्टा पहिले
कोरोना भाइरसको खोप सन् २०२१ को शुरुमा आउँने कोरोना भाइरसको खोप सन् २०२१ को शुरुमा आउँने २२ घण्टा पहिले
स्याङ्जामा आइसोलेसनबाटै भागे कैदी स्याङ्जामा आइसोलेसनबाटै भागे कैदी २३ घण्टा पहिले
प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी ! प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी ! २२ घण्टा पहिले
चीनसँगको सीमा विवादमा हुम्लाका सहायक सीडीओले मागे माफी ! चीनसँगको सीमा विवादमा हुम्लाका सहायक सीडीओले मागे माफी ! २४ घण्टा पहिले
डा. केसीसँग भएका सम्झौता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग डा. केसीसँग भएका सम्झौता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग २२ घण्टा पहिले
ललितपुरमा रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड राख्न प्रतिबन्ध ललितपुरमा रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड राख्न प्रतिबन्ध २३ घण्टा पहिले
पटके कर लगाएर तीव्ररुपमा बालुवा व्यापार, स्थानीय तह माैन ! पटके कर लगाएर तीव्ररुपमा बालुवा व्यापार, स्थानीय तह माैन ! २३ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले