पहिरो पीडितलाई एन्फाको सहयोग
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार २३:२२:२
२४ भदौ, स्याङ्जा । अखिल नेपाल फुटबल संघ (एन्फा) स्याङ्जाले पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । गत असार २९ गते घरभन्दा माथिबाट आएको पहिरोले पुतलीबजार नगरपालिका वडा नं. १ का रिमल नेपालीको घरमा क्षति पु¥याएको थियो । पहिरो पीडित नेपालीलाई एन्फाले १५ हजारको सहयोग स्वरुप चेक हस्तान्तरण गरेको छ ।
चेक हस्तान्तरण गर्दै एन्फा स्याङ्जाका उपाध्यक्ष सरद गुरुङ्, एन्फा गण्डकी प्रदेश सदस्य प्रकाश रेग्मी र जिल्ला सदस्य महादेब श्रेष्ठले एन्फाले थोरै रकम भएपनि पीडितलाई दिएर मलम लगाउने काम गरेको बताए ।
पहिरो पीडित नेपाल एन्फा स्याङ्जाका पूर्व खेलाडी र रेफ्रीसमेत हुन् । पहिरोले नेपालीको घरमा झण्डै ८ लाखको क्षति पु¥याएको छ । सक्दो सहयोग गरेकोमा नेपालीले एन्फालाई धन्यवाद दिएका छन् । त्यसैबीच अखिल नेपाल फुटबल संघ स्याङ्जाले कोरोनाबाट प्रभावित आफ्ना सदस्य, रेफ्री र खेलाडीलाई आर्थिक सहयोगसमेत गरेको छ । कोरोनाबाट बढि प्रभावित परिवारका सदस्यलाई सहयोग गरेको संघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार