कोरोनाका कारण विश्वभरी दुई करोड ७७ लाख संक्रमित
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बिहिबार ०:५:४
२४ भदौ, काठमाडाैं । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस संक्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।
कुल संक्रमित मध्ये नौ लाख दुई हजार १०८ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ४१ हजार १९६ जना संक्रमणमुक्त भइसकेका छन् । विश्वभरी अहिलेपनि ७० लाख नौ हजार ९३९ जना संक्रमित अवस्थामै रहेका छन । ती मध्ये ६० हजार ३९३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार ३७६ जना सङ्क्रमित भएका छन् भने एक लाख ९४ हजार ३७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै संक्रमित हुनेमा भारत पुगेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै संक्रमित भएकाहरुको सूचीमा रहेपनि अहिले भारतले ब्राजिललाई उछिनेको छ । पछिल्लो विवरण अनुसार भारतमा ४३ लाख ७४ हजार ३१४ जना संक्रमित हुँदा ७३ हजार ९५३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तेस्रो धेरै संक्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार १२४ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार ५१७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
चौथो धेरै संक्रमित रहेको रुस र पाचौँ धेरै संक्रमित रहेको पेरुमा क्रमशः दश लाख ४१ हजार ७ र छ लाख ९६ हजार १९० जना संक्रमित भएका छन् । ती देशहरुमा मृतकहरुको संख्या पनि क्रमशः १८ हजार १३५ र ३० हजार १२३ रहेको छ । रुसमा संक्रमितको संख्या धेरै रहेपनि मृतककको संख्या भने पेरुमा धेरै रहेका छन् ।
धेरै संक्रमित भएका मुलुकहरुको सूचीमा क्रमशः कोलम्बिया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार