बुधबार , असोज १४, २०७७

पौडेल बेपत्ता भएको महिना दिन : एक आरोपित सुधारगृह, अर्का कारागार चलान

पौडेल बेपत्ता भएको महिना दिन : एक आरोपित सुधारगृह, अर्का कारागार चलान

प्रकाश डोटेल

२४ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङका राजन पौडेललाई बेपत्ता पारेको आरोपमा उनका दुई जना साथीलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । एक महिनाअघि दुई साथीसँगै पौडी खेल्न गएका १८ वर्षीय पौडेलको अवस्था अझै अज्ञात छ । बेपत्ता पारेको आरोपमा अदालतले दुबै जनालाई पूर्वक्षका लागि कारागार पठाउने निर्णय गरेको हो ।

जिल्ला अदालतमा मंगलबारको थुनछेक बहसमा पूर्पक्षका लागि थुनामा परेमा ती मध्ये एक नावालक भएकाले सुधारगृह र अर्कोलाई कारागार पठाएको हो । दुईमध्ये २० बर्षिय एक किशोर कारागारमा र अर्का १८ वर्षै एक बालकलाई पोखरास्थित सुधारगृह पठाउने अदालतको निर्णय भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

नेपालको कानुन बमोजिम १८ वर्ष पुरा नभएकालाई नाबालक मानिने जनाउँदै जिल्ला न्यायाधीश रमानाथ पौडेलको ईजलासले एक जनालाई सुधार गृह र अर्का आरोपितलाई थुनामा राख्ने आदेश भएको श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिए ।

राजनले लगाएको कपडा र मोबाइल भीरकोट नगरपालिकाको ओडारेस्थित आँधीखोलाको किनारमा फुटेको अवस्थामा भेटिएको थियो । प्रहरीले घटना लगत्तै उनका दुई जना साथीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको थियो । उनीहरुको बयानका आधारमा आँधीखोलामा पोखराबाट गोताखोर ल्याएर खोजीकार्य गर्दा समेत फेला पार्न सकिएको छैन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले