मंगलबार , असोज १३, २०७७

सुदूर सरकारले ल्यायाे कोभिड-१९ बाट प्रभावितका लागि विशेष कार्यक्रम

सुदूर सरकारले ल्यायाे कोभिड-१९ बाट प्रभावितका लागि विशेष कार्यक्रम

२४ भदौ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यो कार्यक्रमका लागि मन्त्रालयले सूचना प्रकाशित गरी इच्छुक व्यक्तिवाट निवेदन आह्वान गरिसकेको छ ।

कार्यक्रममा तरकारी, च्याउ र फलफूल खेतीका अलावा मौरी, भेडाबाख्रा, गाईभैसी, माछा, स्थानीय कुखुरा तथा हाँसपालनजस्ता मासुजन्य पक्षीपालन गर्न सकिने मन्त्रालयका कृषिप्रसार अधिकृत गोकुल बोहोराले बताए । तुरुन्त आयआर्जन हुने तथा स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमलाई छनौटमा प्राथमिकता दिई कार्यक्रम कार्यान्वयन गर्न लागिएको जनाइएको छ । ‘‘माग अनुसारको प्याकेज बनाएर कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ, फिल्डमै पुगेर अध्ययन गरी सहभागी हुन चाहने व्यक्तिको छनौट गरिने छ ।”

झण्डै नौ हजार परिवारलाई स्वरोजगार बनाउने लक्ष्य लिएको यो कार्यक्रम कार्यान्वयनका लागि चालू वर्षमा रु १५करोड बजेट विनियोजन गरिएको छ । पहिलो वर्ष छनौट हुने व्यक्तिलाई न्यूनतम् अनुदान उपलब्ध गराइनेछ । त्यसका आधारमा मूल्याङ्कन गरी आगामी वर्षदेखि अनुदान सहयोग वृद्धि गरिने छ ।

जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र मार्फत् सञ्चालन हुन लागेको यो कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले कार्यविधि बनाउन लागेको छ । यस वाहेक मन्त्रालयका नियमित कार्यक्रममार्फत् कृषि ऋण र कृषि बीमामा अनुदान, कृषिमा प्रयोग हुने विद्युत, साना सिँचाई सहयोग कार्यक्रम, फलफूल क्षेत्र विस्तार कार्यक्रम लगायतमा पनि अनुदानको सहयोग गर्ने योजना बन्न लागेको जनाइएको छ ।

मन्त्रालयले विदेशवाट फर्किएका र कोरोना भाइरसवाट प्रभावितलाई लक्षित गरी कार्यक्रम कार्यान्वयनको तयारी गरिरहँदा सुदूरपश्चिमवासीहरु गौरीफंण्टा सीमा नाका हुँदै कामको खोजीमा पुनः भारत जान थालेका छन् । गौरीफण्टा सीमा नजिक कञ्चनपुरको डोकेबजार स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भूपाल थापाले भदौ १२ गते देखि हालसम्म झण्डै दुई हजार सुदूरपश्चिमेली कामका लागि भारत पसेको जानकारी दिए । भारतको सीमला क्षेत्रमा स्याउ टिप्ने मौसम शुरु भएकोले त्यहाँ जाने नेपाली बढेको जनाइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज २०७७ असोज १३ गते मंगलबारको राशिफल आज २०७७ असोज १३ गते मंगलबारको राशिफल ९ घण्टा पहिले
इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित २० घण्टा पहिले
सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ २१ घण्टा पहिले
पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह २४ घण्टा पहिले
नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र १८ घण्टा पहिले
राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! २३ घण्टा पहिले
प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त २१ घण्टा पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन २१ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले