बेपत्ता पारिवारलाई राहत उपलब्ध गराउन आयोगकाे आग्रह
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बिहिबार ०:५१:३०
२४ भदौ, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वपीडित परिवारलाई कोभिड-१९ को विषम परिस्थितिमा राहत प्याकेज उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बुझाइएको ध्यानाकर्षणपत्रमा अहिलेको असहज परिस्थितिमा विशेष कोरोना राहत प्याकेजद्वारा पीडितहरूको तत्कालीन आवश्यकता पूर्ति गर्न आग्रह गरिएको छ ।
आयोगका अध्यक्ष युवराज सुवेदीको अध्यक्षतामा यही भदौ २३ गते बसेको बैठकले द्धन्द्धपीडितलाई राहत उपलब्ध गराउन सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा उजुरी दर्ता भई विस्तृत छानबिनमा रहेका दुईहजार ५०६ थान उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारलाई व्यावहारिक र मानवीय आधारमा तत्काल राहत पुग्ने गरी उपलब्ध गराउन भनिएको छ ।
सशस्त्र द्वन्द्व बेपत्ता पारिएका अधिकांश परिवारका सदस्यको आम्दानीको स्रोत सीमित रहेको, दैनिक ज्याला मजदूरी गरी गुजारा गर्नुपर्ने वर्गका तथा वैदेशिक रोजगारीमा जान बाध्य व्यक्तिको श्रेणीमा रहेको पत्रमा उल्लेख छ । वैदेशिक रोजगारीको पहिलो रोजाई भारत, मध्यपूर्व लगायत खाडीका देशको जोखिमयुक्त अग्रभागमा बसेर काम गर्ने गरेको पाइन्छ । जसमध्ये कोरोना प्रभावित हुने र रोजगारी गुमाउनेको सङ्ख्या अधिक रहेको देखिन आएको आयोगले जनाएको छ ।
नेपालमा रहेका बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारमा पनि अधिकांश ज्याला मजदूरीमा काम गर्ने, बिपन्न परिवारनै अत्यधिक रहेको देखिन आएकोले उहाँहरुको जीवन अत्यन्त कष्टकर रहेको बताइएकने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार