निषेधाज्ञा हट्यो : के खुल्छ, के खुल्दैन (विवरणसहित)
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बिहिबार १:०:५६
२४ भदौ, काठमाडौं । सरकारले भोलि विहीबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ । आज राती १२ बजेपछि निषेधाज्ञा हटाउने निर्णय गरेको सरकारले यातायात, व्यापार, व्यवसाय भने सञ्चालन गर्न दिने निर्णय गरेको हो । यद्यपी सबै व्यवसाय भने सधै खुला हुने छैनन् । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी गाडी मात्रै चल्नेछन् । त्यो पनि जोर विजोर प्रणालीमा चल्नेछन् ।
ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ । मालवाहक गाडीमा भने जोरविजोर नलाग्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको पत्रमा उल्लेख छ । यस्तै पसल सञ्चालनका लागि बार तोकिएको छ ।
कुन पसल कुन दिन खुल्छ ?
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।
भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु आइतबार, मंगलबार र शुक्रबार खोल्न पाइनेछ । फर्निचर र अटो मोवाइल सम्बन्धी पसल सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।
भदौ २५ देखि ३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।
जनजीवन कष्टकर बनेर निषेधाज्ञा खुलेको तर कोरोना नियन्त्रण नभइसकेको भन्दै आफै सतर्क भएर जोगिएर हिड्न पनि सरकारले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
हुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
गरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार