बुधबार , असोज १४, २०७७

शेयर बजारमा वाणिज्य र विकास बैंक खस्किँदा अन्य सुचकमा चमक

शेयर बजारमा वाणिज्य र विकास बैंक खस्किँदा अन्य सुचकमा चमक

२४ भदौ, काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बढोत्तरी भएको छ । शेयर बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार मापक परिसूचक नेप्से १३.५ अंकले बढेर पुनः १५ सय अंकमाथि पुगेको छ । सुचक बढेसँगै बजारमा साढे दुई अर्ब बढीको शेयर किनबेच भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडा बाहिरीएपछि ओह्रालो लागेको नेप्से साताको चौथो दिन १४९८.५० विन्दुबाट करोबार सुरु भएको थियो । शेयर बजारले पहिलो २० मिनेटमै १५ सय विन्दुको सूचक छोएपनि पुन १४९५ विन्दुमा ओर्लिएको थियो । त्यस पछिको तीन घण्टाको समय अवधिमा बजार सूचक बढेर १५११ सम्म पुगेको थियो । यद्यपि, सो विन्दुमा धेरै समय टिक्न नसक्दा २० मिनेटमै १५०२ विन्दुमा ओर्लिए पनि बुधबारको कारोबार बन्द हुँदा परिसूचक १५०८.२० मा पुगेर अडिएको छ।

कूल १९४ वटा कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँको कारोबार भएकोे छ । मंगलबार पनि नेप्से ७ अंक बढीले उकालो लागेका थियो ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहको सूचक बढेको छ भने २ वटा उपसमूहको शेयर भने घटेको छ । यसदिन वाणिज्य बैंक र विकास बैंक समूहको सूचक ओरालो लागेको छ । राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी संस्थापकको शेयर १० प्रतिशतका दरले बढेको छ । एनआरएन इन्फ्रास्टक्चरको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको २२ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नागरिक लगानी कोष १८ करोड ६४ लाख, शिवम् सिमेन्टस्, सूर्या लाइफ, र नेको इन्स्योरेन्सको १२ करोडको शेयर खरीद बिक्री भयो ।

आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। राष्ट्रिय बीमा कम्पनी तथा यसको संस्थापक शेयर र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत बढेको छ । आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य पनि ९.३१ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले