तनहुँका नौ पालिकामा हट्यो निषेधाज्ञा
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बिहिबार १:४६:२३
२४ भदौ, तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाइएको छ । भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड–१९ समुदायस्तरमा फैलिदै गएको र नियन्त्रणमा नआएकाले भानु नगरपालिकामा निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि नगरपालिका क्षेत्रमा भदौ १ गते देखि २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्लाका अन्य नौ पालिकामा भने निषेधाज्ञा र बन्दाबन्दी हटेको छ । बन्दाबन्दी हटे पनि सजगता भने अपनाउन भनिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।
जिल्लाको व्यास नगरपालिका, भिमाद, शुक्लागण्डकी नगरपालिका र देवघाट, आँबुखैरेनी, म्याग्दे, ऋषिङ, घिरिङ र बन्दिपुर गाउँपालिकामा यसअघि गरिएको निषेधाज्ञा तथा बन्दाबन्दी हटाइएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन गरिएको छ । व्यास नगरपालिकामा भने निषेधाज्ञा हटाइए पनि व्यापार व्यवसाय सञ्चालन गर्न बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म र बन्दिपुर गाउँपालिकामा बिहानदेखि दिउँसो २ बजेसम्म अनुमति प्रदान गरिएको प्रजिअ आचार्यले बताए ।
राष्ट्रिय राजमार्गमा संञ्चालन हुने सवारी साधान, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी औषधि, खाद्य, फलफूल, तरकारी र दुग्धजन्य, एम्बुलेन्स, शवबाहन, खाद्य ढुवानी, कुखुराका चल्ला, माछा मासु, तरकारी, इन्धन बोकेका सवारी साधान, कुटनीतिक नियोग, झण्डावाला सवारी, सरकारी नम्बर प्लेट, सञ्चारकर्मीको सवारी साधान र प्रशासन कार्यालयबाट जारी सवारी पासलाई भने निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ ।
त्यसैगरी बैक तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवाहरु, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड–१९ नियन्त्रण एवं स्वास्थ्य सुरक्षाबाहेक अन्य कार्यहरु, उद्योग कलकारखाना र अन्य व्यवसायहरु भने सञ्चालन गर्न निषेध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार