बुधबार , असोज १४, २०७७

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

२४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’ लाई निर्देशन दिएका छन । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग आज मन्त्रालयमा भएको संयुक्त बैठकमा मन्त्री भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

पर्यटनमन्त्री भट्टराईले आन्तरिकतर्फ दुई टुईनटर जहाज भएको र त्यसले माग धान्न नसक्नुका साथै दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएकाले तत्काल खरिद योजना अघि बढाउन निगम व्यवस्थापनलाई आग्रह गरे । उनले निगमलाई पब्लिक मोडलमा लैजान कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिए ।

मन्त्री भट्टराईले नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका जग्गा व्यावसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरे । खर्चकटौती तथा मितब्ययीता अपनाउन, विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले