शनिबार , असोज १०, २०७७

अफगानिस्तानमा भएको आतंककारी हमलाको भारतद्वारा निन्दा

अफगानिस्तानमा भएको आतंककारी हमलाको भारतद्वारा निन्दा

२४ भदौ, काठमाडाैं । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार अफगानिस्तानको राजधानी काबुलमा भएको बम हमलाको भारतले निन्दा गरेको छ । बुधबार दिउँसो अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलम नै आत्मघातीहरुले बम विस्फोटन गराएका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बुधबार ट्वीट गरेर सो आत्मघाती हमलाको निन्दा गरेका छन । उनले सो हमलामा परी मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गरे । उनले यस्तो अवस्थामा भारत सधैँ अफगानिस्तान र अफगान नागरिकको शान्तिको पक्षमा रहेको बताए।

ट्वीटमा उनले भारत अफगानिस्तानमा शान्ति होस् भन्ने पक्षमा रहेको र यस्ता आतंकवादी क्रियाकलापहरुमाथि कहिल्यै पनि विश्वास नगर्ने बताएका छन् । अफगान प्रहरीले जनाएअनुसार उक्त विस्फोटनबाट १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।

अफगानिस्तानका उपराष्ट्रपति सालेहलाई लक्ष्य गरेर उहाँको सवारी भइरहेका बेला यस्तो भौतिक आक्रमण गरिएको बताइएको छ । तर उनलाई केही भएको छैन । उनीसहित उनको सुरक्षामा रहेका सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको बताइएको छ ।

तर उनको सुरक्षामा रहेका सबै जना सुरक्षित रहेका छन् । यस घटनाको कसैले पनि जिम्मेबारी लिएको छैन । प्रहरीले यस घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २४ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले