बुधबार , असोज १४, २०७७

निषेधाज्ञा खुल्यो, कोरोनाबाट कसरी बच्ने ?

निषेधाज्ञा खुल्यो, कोरोनाबाट कसरी बच्ने ?
  • डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद

काठमाडौं । सरकारले काठमाडौं निषेधाज्ञा खुकुलो बनाएको छ । यो निर्णय आम जनताको पक्षमा छ । हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हाृे । अब सरकारले बल हाम्रो हातमा दिएको छ ।

अब हामी सबैले खुकुलो भएको निषेधाज्ञामा यी कुरामा बिचार गरौ :

  • बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने, सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने ।

 

  • काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने । कुरा गर्दा मास्क लगाउने ।

 

  • मर्निङ वाक वा इभिनिङ वाक घरमै गर्ने ।

 

  • खुल्यो भनेर विनाकाम घरबाहिर नजाने । घरबाहिर जति छोंटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ ।

 

  • घरबाहिर निस्कँदा अनिवार्य रुपमा सहि तरिकाले मास्क लगाउने ।

 

  • सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने । भीडभाडमा नजाने, भीडभाड नगर्ने ।

 

  • सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने । स्यानिटाइजरले हात सफा गरिरहने ्र बिशेष सतर्क हुने ।

 

  • हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको व्यवस्थापन गर्ने, मास्क नलगाएका ग्राहकलाई मास्क दिने ।

 

  • सबैको लागि ठूलो स्यानिटाइजर राख्ने ्र झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने ।

 

  • सकभर हरेक पसलमा सस्तो मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने ।

 

  • ग्राहक व्यवस्थापन कुशल ढंगले गर्ने । भीडभाड नगराउने ।

 

  • पसल र हरेक सामान संक्रमणरहित बनाउने ।

 

  • चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने ।

 

  • गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने ।

 

  • कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन ।

 

  • हरेक व्यक्तिसंग सुरक्षित व्यवहार गर्ने ।

 

  • सामान किन्दा धेरै छान्ने काम नगर्ने ।

 

  • किनमेलको लिस्ट घरमै बनाएर जाने ।

 

  • पसलहरुमा एकदम छोंटो समय बिताउने ।

 

  • जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ ।

 

  • सकभर तरकारी बजारबाट तरकारी नकिन्ने ।

 

  • घर नजिकको पसलबाट किन्ने, बसेर छान्ने, छाम्ने काम नगर्ने ।

 

  • डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन ।

 

  • तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने, लामो समय नबिताउने ।

 

  • भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने ।

 

  • कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन । पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन ।

 

  • बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने ।

 

  • क्यासलेस लेनदेनलाई प्रेरित गर्ने ।

 

  • टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने, फाइललाई डिजिटल बनाउने ।

 

  • रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने ।

 

  • बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ ।

 

  • सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने ।

 

  • आफ्नो पसल जति धेरै सफा गरिन्छ ।

 

  • जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ ।

 

  • त्यति धेरै चल्छ, यो सुत्र सबैले अपनाउने ।

 

  • कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने ।

 

  • नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने ।

 

  • ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो ।

 

  • हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ ।

 

  • संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन, हामी पनि सुरक्षित हुन्छौं ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले