मंगलबार , अषोज ६, २०७७

खान नपुग्ने अवस्थाबाट खाद्यान्न बचत गर्ने क्षमतामा सल्यान

खान नपुग्ने अवस्थाबाट खाद्यान्न बचत गर्ने क्षमतामा सल्यान

२५ भदौ, काठमाडौं । देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला सल्यान भने खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ ।

केही वर्षअघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग हुने सल्यान यतिबेला भने बचतको अवस्थामा पुगेको हो । खाद्यबालीअन्तर्गत धान, मकै, कोदो र गहुँलगायत बालीको पछिल्लो समयमा उत्पादन बढेसँगै खाद्यान्नमा आत्मनिर्भर भई बचतका अवस्थामा पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।

मौसमी तालमेल, कृषिमा आधुनिकीकरण, प्रविधिको प्रयोग, मलखाद, उन्नत बीउ तथा कृषकको सक्रियताका कारण सल्यान खाद्यान्न बचतका अवस्थामा पुगेको कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए ।

बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको उनको भनाइ छ । कृषकले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्रीवितरण गर्दै आएको आचार्यको भनाइ छ । गत आर्थिक वर्ष २०७६ ०७७ मा ९७ हजार ६६४ मेट्रिक टन खाद्यान्न उत्पादन भएकामा जिल्लामा खपत भई ८ हजार ७४३ मेट्रिक टन खाद्यान्न बचत रहेको कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए ।

“जिल्लामा गत आर्थिक वर्षमा १६ हजार १०४ मेट्रिक टन धान, ५१ हजार १७३ मेट्रिक टन मकै, २९ हजार १३८ मेट्रिक टन गहुँ, ९२१ मेट्रिक टन कोदो र ३२५ मेट्रिक टन जौ उत्पादन भएको छ जसमा सात हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ”, सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

यस्तै १९ हजार ३३५ हेक्टर क्षेत्रफलमा मकै, १४ हजार २१७ हेक्टर क्षेत्रफलमा गहुँ, ६७५ हेक्टर क्षेत्रफलमा कोदो र एक हजार ४० हेक्टर क्षेत्रफलमा जौ खेती हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा हाल प्रतिव्यक्ति वार्षिक २०१ किलो खाद्यान्न आवश्यक पर्छ ।

जिल्लामा उत्पादित कुल खाद्यान्नमध्ये ५४ हजार ७३८ मेट्रिक टन खाद्यान्न जिल्लामा आवश्यक पर्छ । यस्तै कुल उत्पादनको पाँच प्रतिशत अर्थात् चार हजार ८८३ मेट्रिक टन खाद्यान्न मादक पदार्थ बनाउनमा प्रयोग हुने गरेको छ । पशु आहारमा भने ३० प्रतिशत अर्थात् २९ हजार २९९ मेट्रिक टन खाद्यान्न प्रयोग हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा रहेको बाँझो जमीन उपयोगमा ल्याउनाका साथै व्यावसायीकरण र आधुनिकीकरण गर्न सके जिल्लामा खाद्यान्न उत्पादनमा अझै वृद्धि हुने कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? ६ दिन पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ६ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ५ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? ७ दिन पहिले
राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा ३ दिन पहिले
काठमाडौंमा बिहानै भूकम्पको धक्का ! काठमाडौंमा बिहानै भूकम्पको धक्का ! ६ दिन पहिले
मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्तथैलीको अप्रेशन मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्तथैलीको अप्रेशन ५ दिन पहिले
काठमाडौं आइपुगे हिमाल आरोहण गर्न बहराइनका राजकुमार काठमाडौं आइपुगे हिमाल आरोहण गर्न बहराइनका राजकुमार ६ दिन पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? ६ दिन पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ६ दिन पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ५ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? ७ दिन पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै १ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले