आइतबार , असोज ११, २०७७

ढोरपाटनका बाढी पहिरो पीडितलाई गाँसको भन्दा ऋणको चिन्ता !

ढोरपाटनका बाढी पहिरो पीडितलाई गाँसको भन्दा ऋणको चिन्ता !

२५ भदौ, बागलुङ । ढोरपाटन नगरपालिका—९ बोबाङ्गका बाढीपहिरो पीडितलाई अहिले गाँसबास भन्दा ऋणको समस्याले पिरोलेको छ । यही भदौं १७ गते राति ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा बोबाङ्गका स्थानीयवासीलाई साहुको ऋण अब कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

जसोतसो ऋणधन गरेर बनाएका घरसँगै आफन्तलाई पनि बाढीले बगाएपछि अब साहुको ऋण कसरी तिर्नु भन्ने चिन्ताले सताउन थालेको उनीहरुको भनाइ छ । “बाढीपहिरो आउने समयमा भागेर ज्यान बचाएकाहरुको न त व्यापार गर्ने सामग्री रहयो, न त व्यापार गर्ने ठाउँ नै”, स्थानीय व्यापारी हेमबहादुर विश्वकर्माले भने, “बसेको ठाउँ बगर बनेपछि साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताले साताउन थालेको छ ।”

विगत १२ वर्षसम्म साउदीमा काम गरेर घर फर्किएका विश्वकर्माले बोबाङ्गमा सानो पसल थापेर व्यापार शुरु गरेका थिए । “शुरु शुरुमा त्यती राम्रोसँग नचलेको पसलबाट परिवारको जिविका चलाउन सहज होला भन्ने लागेन”, उनले भने, “परिवारको जिविका चलाउनका लागि त्यो पसललाई केही ठूलो बनाएर दैनिक उपभोग्य सामानहरु राख्ने सोचका साथ साहुसँग ऋण लिएर पसललाई बिस्तार गरें । तर भुजीखोलामा आएको बाढीले पसलसँगै आफ्नो सपनालाई समेत बगाएर लगिदियो ।” अहिले उनलाई साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

“सधैंझै खाना खाएर सुतिसकेपछि मध्यरातमा एक्कासी गड्याङगुडुङसहित ठूलो आवाज भयो । जमिन पूरै हल्लियो । कहाँ के भयो थाहा भएन । बाहिर निस्केर म चिच्याउन थालें”, बिकले भने, “चिच्याएको मेरो आवाज सुनेर घरपरिवारका सबै जना बाहिर निस्के । म बाहिर निस्केर नचिच्याएको भए मेरो परिवारलाई पनि घरैसहित खोलाले बगाएर लाने थियो होला ।” उनले भने, “मेरो चिच्याइले परिवारका सबै सदस्य बाहिर निस्केका कारण बच्न त सफल भयो तर त्यो बाढीले मेरो घर, खाद्य गोदामसहित भएभरको सम्पति बगायो ।” पैसा र सुन निकाल्ने लोभका कारण धेरै जनाले अकालमै ज्यान गुमाएको उनको भनाइ छ ।

बिकलाई आफ्नो घर सम्पत्ति बगेको जति पीडा छ त्योभन्दा बढी पीडा अब कसरी ऋण तिर्न सकिन्छ भन्ने छ । विभिन्न पसल र साहु गरी करीब रु १८ लाखभन्दा बढी ऋण तिर्न बाँकी रहेको उनको भनाइ छ । “न खाना खान मन लाग्छ, न निद्रा नै लाग्छ”, उनले लगाएको टिसर्ट र हाफ पाइन्ट देखाउँदै भने – “यहिँ पनि अरुले दिएका हुन्, केही सोच्नै सकेको छैन टाउका घुमाउँछ, ऋणको पासोले मेलोबाटो पाइन ।”

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले