सोमबार , असोज १२, २०७७

कोरोनामुक्त जिल्ला घोषणा गर्ने तयारीमा रहेको स्याङ्जामा ३ सय ४९ कोरोना संक्रमित थपिए

कोरोनामुक्त जिल्ला घोषणा गर्ने तयारीमा रहेको स्याङ्जामा ३ सय ४९ कोरोना संक्रमित थपिए

२५ भदौ, स्याङ्जा । कोरोना मुक्त जिल्ला घोषणा गर्ने तयारीमा रहेको स्याङ्जामा एकसाता मै कोरोना संक्रमितको संख्या बढेको छ । १ जना मात्रै संक्रमितले आईसोलेसनमा उपचार गराईरहेका बेला एक सातामा ३४ जना संक्रमित थपिएका छन् । थपिएका सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ्बाट आएका हुन् । हाल जिल्लामा ३९ जना संक्रमितले आइसोलेसनमा उपचार गराइरहेका छन् ।

३ सय ४९ संक्रमित पुगेको जिल्लामा ३ सय ८ जना निको भएर घर फर्केका छन् । जिल्लाको ११ पालिका मध्ये सबैभन्दा कोरोना जोखिममा पुतलीबजार नगरपालिका रहेको छ भने वालिङ नगरपालिका कोरोनामुक्त नगर रहेको छ ।पुतलीबजारमा बिहीवार १२ जना कोरोना संक्रमित थपिएका छन् । थपिने सबै कन्ट्याक्ट ट्रेसिङ्वाट आएका हुन् ।

मालपोतका कर्मचारी, वडा सचिव र संक्रमित जुवाडेका आफन्तसहित १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ५ महिला र ७ पुरुष छन् । संक्रमित मध्ये ५५, ३८, ३६, ३१, २५, ४१, ५२ का पुरुष र २७, ३३, ५३, ६०, २६ बर्षिया महिला रहेको प्रादेशिक स्वास्थ्य कार्यालय पोखराले जनाएको छ ।

संक्रमितका प्रत्यक्ष सम्पर्कमा रहेकाको कन्ट्याक ट्रेसिङका आधारमा गरिएको पीसीआर परिक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

यसरी थपिनेमा मालपोतका कर्मचारी ४ जना, पुतलीबजार नगरपालिकाका एक जना, समुदायका ७ जना रहेको प्रजिअ क्षेत्रीले बताए । उनीहरुलाई पुतलीबजार स्थित करेन्डाँडा स्वास्थ्य केन्द्र र भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइशोलसनमा राखिएको छ ।

पाँचदिनअघि मालपोतका एक जना कर्मचारी र १९ जना जुवाडेमा कोरोना संक्तमण पुष्टी भएपछि उनीहरुको सम्पर्कमा आएका मध्ये ७५ जनाको कन्ट्याक टे«सिङ गरि परिक्षणका लागि पोखरा पठाइएको थियो । बिभिन्न आइसोलेसनमा ३९ जना उपचाररत छन भने करिब २ महिनाअघि कोरोनाका कारण २ जनाको निधन भएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! २० घण्टा पहिले
बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? १८ घण्टा पहिले
भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि १४ घण्टा पहिले
आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! १५ घण्टा पहिले
विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … १४ घण्टा पहिले
सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने १४ घण्टा पहिले
बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु १५ घण्टा पहिले
टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात १४ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले