राजविराज कारागारमा थप ११ सहित १५ जनामा कोरोना पुष्टि
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार २२:३२:३०
धीरुभाइ
२५ भदौ, सप्तरी । सप्तरीमा बिहीबार दुई महिलासहित १५ जनामा कोरोना संक्रमण भेटिएको छ । तीमध्ये राजविराज कारागारका ११ जना पुरुष रहेका छन । योसँगै जिल्लामा कूल संक्रमितको संख्या ९८९ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका बरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैका अनुसा राजविराज वार्ड नम्बर ६ स्थित कारागारमा ३४ र ३५ वर्ष पुरुष गार्ड, र ४९, ६२, ३२, २५, २४, ६४, २५, ४०, २५ वर्षका कैदीबन्दीमा कोरोना पोजेटिभ पुष्टि भएको छ । यस अघि कारागारमा एक महिला, एक सवारी चालक, र छ जना पुरुष कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रमुख संजयकुमार राजले जानकारी दिए । योसमेत गरी कारागारमा संक्रमतिको संख्या १९ जना पुगेको बताए ।
त्यस्तै राजविराज नगरपालिका वार्ड नम्बर ३ का ७१ वर्षीय पुरुष, वार्ड नम्बर ६ का २८ वर्षीय पुरुष र गजेन्द्र नारायण सिंह अस्पतालका ३३ र ३८ वर्षीया दुई जना महिलामा बिहीबार संक्रमण भेटिएको वरिष्ठ मलेरिया इन्सपेक्टर राउतले बताए ।
जिल्लाको कूल संक्रमतिमध्ये ६८२ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालालले जानकारी दिए । हाल २८४ जना विभिन्न स्थानको आइसोलेसनमा उपचाररत रहेको उनले बताए । हालसम्म जिल्लामा आठ जना संक्रमितको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक
चैत १६, २०८० शुक्रबार