शनिबार , असोज १०, २०७७

शेयरबजारमा धेरै धोका दिने तर सिस्टम नबनाउनेको अनुहार चिनौं

शेयरबजारमा धेरै धोका दिने तर सिस्टम नबनाउनेको अनुहार चिनौं

२५ भदौ, काठमाडौं । मुख्यत: आठ दाजुभाइ तथा दिदीबहीनीको कब्जामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) जकडिएको छ । तिनै प्रमुखहरुको जिम्मेवारीमा नेप्सेलाई संचालन, नियमन र निर्देशन गर्ने काम भइरहेको छ । नेप्से अनलाईन सिस्टममा गएसँगै धेरै लगानीकर्तालाई जाने पनि नजानेपनि अनलाईन कारोबार नै काराेबार गर्नुपर्ने बाध्यता सिर्जना भएकाे छ ।

लकडाउन र निषेधाज्ञाका समयमा अनलाईन काराेबार उल्लेख्य मात्राले बढ्याे । लगानीकर्तालाई बाध्यतामा पार्ने काम त्यही आठ प्रमुखहरु नै हाे । तर सबै कुरामा सिस्टम खोज्ने नेप्सेले आफ्नो सिस्टम भने सुधार गर्न पटक्कै सकेको छैन । जसका कारण लगानीकर्ताको ब्लडप्रेसर बढ्नेदेखि निद्रा हराउनेसम्मकाे काम  दैनिक भइरहेकाे छ ।

आठ जना प्रमुख कर्मचारीहरूले नेतृत्व गरेको नेप्से केहीलेकाहीँ हेर्दा लाग्छ, बिचरा ! कोही नै पो छैनन् कि । यो अवस्थामा सिस्टम चलाएर दैनिक अरबौंको कारोबार भइरहेको छ । समग्र स्टक मार्केटको मुख्य कामको जिम्मेवारी लिएको नेप्सेका प्रमुखहरु सँधै सिस्टमलाई दोष लगाएर उम्किरहेका छन् ।

लगानीकर्ता नेप्सेको सिस्टम देखेर आजित भएर भन्दै छन्, अब यसरी कहिलेसम्म उम्किरहने ? अनि कहिलेसम्म यो अवस्था झेलिरहने ?

दह्राे संस्थाकाे लुलाे सिस्टम, के हाे त नेप्से ?

नेप्से संचालक समितिकाे अध्यक्षमा लक्ष्मण न्यौपाने छन् । प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद रहेका छन् । त्यसैगरी संचालक समिति सदस्यहरूमा सिर्जना बास्तोला र राजनदेव भट्टराई गरी दुईजना नेपाल राष्ट्र बैंकका प्रतिनिधि, रमेश अर्याल अर्थमन्त्रालयका प्रतितिधि, देवेन्द्र रमण खनाल राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधि, स्वतन्त्र निर्देशक लक्षमण प्रसाद महर्जन, प्रबिन पाण्डे नेप्सेकै सचिव गरी आठ जना रहेका छन् ।

सरकारी ऋणपत्र तथा संस्थागत धितोपत्रहरूलाई तरलता प्रदान गर्ने नेप्सेको काम हो । जसका लागि निर्वाध खरिद बिक्रीको सुविधा प्रदान गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त हालसम्म एकमात्र धितोपत्रको दोश्रो बजार नेप्से हो । नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको नाममा स्थापना गरेको थियो । यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको थियो ।

नेप्सेले सार्वजनिक रूपमा जारी भएका धितोपत्रहरूको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ । यो कार्यलाई सूचीकरण भनिन्छ । शेयर, डिभेन्चर र बण्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्री गर्ने ब्रोकर बजार उपलब्ध गराउनु यसको काम हो ।

निश्चित कम्पनी, ब्रोकर र लगानीकर्तालाई नियमन गर्ने, पुँजी बजारका बारेमा जनचेतना फैलाउने, पुँजी बजारको विकास र विस्तारका लागि सीडीएस वा शेयर राख्ने संस्था बढाउनुका साथै नयाँ प्रोडक्ट के कस्ता छन्, त्यो बारेमा नयाँ खोज गरेर विकास गर्ने, नेपाल सरकार र धितोपत्र बोर्ड अन्तर्गत रहेर सुझाव सल्लाह दिने, पुँजी बजारका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूसँग सदस्यता लिने तथा ऐन अनुसार शेयर कारोबार गर्ने पब्लिक लिमिटेड कम्पनीहरूको नियमन तथा अनुगमन गर्नु  पनि यसको काम हो ।

नयाँ कम्पनीहरूलाई स्टक एक्सचेन्जमा कारोबार योग्य हो भनेर लिस्टमा हाल्ने र साथसाथै लिस्टीङ्ग नभएका वा खारेजी भएका कम्पनीहरूलाई ओटिसी मार्केटमार्फत कारोबार गराउने कार्य पनि नेप्सेले गरिरहेको छ । स्वच्छ, पारर्दशी, विश्वासजन्य, न्यायोचित मार्केट चलाउने र लगानीकर्ताको हितमा कार्य गर्छ ।

नेपाल सरकारका नीति नियमहरूलाई सहयोग गर्दै पुँजी बजारमा दोस्रो बजारको विकास र विस्तार गर्ने जिम्मेवारी पनि यस संस्थामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले