शनिबार , असोज १०, २०७७

पत्रकार वीरेन्द्र शाहका हत्या आरोपी १३ बर्षपछि पक्राउ

पत्रकार वीरेन्द्र शाहका हत्या आरोपी १३ बर्षपछि पक्राउ

२५ भदौ, वीरगञ्ज । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न हरेराम पटेल १३ बर्षपछि पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले १३ बर्षसम्मको खोज तथा अनुसन्धानमार्फत कोल्हवी नगरपालिका–४ सपही टोलबाट पक्राउ गरेको हो ।

पत्रकार साहको हत्या आरोपमा यसअघि तीन जना पक्राउ परिसकेका थिए । १८ असोज २०६४ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो ।

पत्रकार साहलाई हरेराम पटेल, कुन्दन फौजदार भन्ने नरेन्द्रकुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी हत्या गरेका थिए । उनीहरुले गोली प्रहार गरेर हत्या गरेपछि पत्रकार साहको शव जंगलमा खाल्डो खनेर गाडेका थिए ।

यसअघि पक्राउ परेका दुई जना जन्मकैद सजाय काटिरहेका छन् । तेस्रो आरोपी बारा गडहल–५ बस्ने कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदार हाल पूर्पक्षका लागि कारागारमा छन् । पटेल चौथो आरोपीका रुपमा पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २३ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले