बेरोजगार युवालाई ऋण, विद्यार्थीको खातामा चार हजार !
नेपालबहस संवाददाता
भदौ २५, २०७७ शुक्रबार ०:५५:५२
२५ भदौ, भक्तपुर । कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएको छ ।
बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गराउने उदेश्यले नगरपालिकाले बेरोजगार युवालाई निब्र्याजी रु तीन लाख ऋण प्रवाह गर्न नगरपालिकाको सातौ नगरसभाले पारित गरेको ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ आजदेखि कार्यान्वनमा ल्याइएको हो ।
नगरप्रमुख सोमप्रसाद मिश्रले भने, “नगरपालिकाले पर्यटन र कृषिलाई आधार बनाएर स्थानीय युवा र कोरोनाका कारण विदेशबाट फर्किएका बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ, स्थानीय तहमा यो नेपालमा नै पहिलो कार्यक्रम हो, नगरपालिकाले शून्य प्रतिशत ब्याजमा ऋण प्रवाह गर्दै स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने र उद्यमको क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।”
यसवर्ष ९०० युवालाई निब्र्याजी ऋण प्रवाह गरेर उद्यमशील बनाउने र बैंकमा तिर्नुपर्ने ब्याज नगरपालिकाले तिरिदिने भएको छ । प्रमुख मिश्रका अनुसार तत्कालका लागि रु तीन करोड बैंकमा जम्मा गरेर उक्त कार्यक्रमबाट युवाले लिएको ऋणको ब्याज नगरपालिकाले व्यहोर्ने र युवालाई बैंकले बिना धितो ऋण दिने व्यवस्था गरेको छ । ऋण लिनेले आगामी पाँच वर्षभित्र ऋण तिरिसक्नु पर्नेछ । मासिक रु पाँच हजारका दरले किस्ता तिरे पनि पाँच वर्षमा ऋण चुक्ता गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।
यो कार्यक्रमले हालै कोरोना भाइरसका कारण रोजगारी गुमाएर फेर्केका युवाले स्थानीयस्तरमा उद्यमी बनेर काम गर्नसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । यसका लागि नगरपालिकाले छुट्टाछुट्टै कार्यविधि नै बनाई पारित गरेर कार्यान्वयनमा ल्याएको उनले बताए ।
नगर उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वडा नं। ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालको रोहबरमा नगरप्रमुख मिश्र र नेपाल बैँक लिमिटेडका सिइओे कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए । सम्झौता अनुसार छनोटमा परेकालाई बैंकले ऋण दिने र त्यस ऋणबापतको ब्याज नगरपालिकाले तिरिदिने उनको भनाइ छ ।
‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ र ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ दुवै कार्यक्रम कार्यान्वयनका लागि नगरपालिका र बैंँकबीच सम्झौता भएको न्यौपानेले जानकारी दिए । नगरपालिकाले ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ ।
चाँगुनारायणका सबै सामुदायिक विद्यालयमा अध्यनरत स्थानीय छात्राको शिक्षा र सुरक्षित भविष्य निर्माणमा टेवा पु¥याउँदै बालविवाहलाई निरुत्साहित गर्ने उदेश्यले यो कार्यक्रम लागू गरेको नगरप्रमुख मिश्रको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार