शनिबार , असोज १०, २०७७

सप्तरीमा एसपी, डीएसपीसहित १७ प्रहरीलाई कोरोना

सप्तरीमा एसपी, डीएसपीसहित १७ प्रहरीलाई कोरोना

२५ भदौ, सप्तरी । सप्तरीमा जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित १७ जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षकसहित १७ प्रहरीलाई कोरोना सङ्क्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उनीहरुको पीसीआर परीक्षण गरिएको बताइएको छ । अहिले उनीहरु होम आइसोलेशनमा बसेकाे जनाइएको छ । सप्तरीमा हालसम्म ५७ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी साढे तीन सय कैदीबन्दी रहेको जिल्ला कारागारमा रहेका ९ जना कैदीबन्दी र दुई प्रहरीमा आज कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित कैदीबन्दीको सङ्ख्या १५ पुगेको छ ।

आज नै गरिएको परीक्षणमा गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत एक नर्स र १ स्वीपर समेत कोरोना सङक्रमित भएका छन् । उनीहरु ३३ र ३८ वर्षीया महिला हुन् । यसैगरी राजविराज नगरपालिका–३ का ७१ वर्षीय र ६ का २८ वर्षीय पुरुष समेत सङक्रमित भएका छन् ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या १६६ महिलासहित ९९१ पुगेको छ । ती मध्ये एक महिलासहित ८ जनाको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले जानकारी दिए । उनका अनुसार हालसम्म ६८२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १८ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले