अमेरिकामा एक हजार चिनियाँ विद्यार्थीको भिसा रद्द
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार १५:२६:१३
२६ भदौ, एजेन्सी । अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा खारेज गरेको छ । अनुसन्धानकर्ताहरूले अमेरिकाका लागि खतरा ठानिएका ती विद्यार्थीहरूको भिसा खारेज गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ नागरिकलाई लक्षित गरी गरेको एउटा घोषणाअनुसार यो निर्णय गरिएको जनाइएको छ ।
केही चिनियाँ नागरिकले अमेरिकामा महत्त्वपूर्ण तथ्यांक र बौद्धिक सम्पत्ति चोरेको राष्ट्रपति ट्रम्पको दाबी छ । अमेरिकी सरकारले यस विषयमा थप जानकारी भने सार्वजनिक गरेको छैन । अमेरिकी निर्णयप्रति चीनले हालसम्म भने कुनै टिप्पणी गरिसकेको छैन ।
अमेरिकी विश्वविद्यालयहरूमा बर्सेनि हजारौं चिनियाँ विद्यार्थी भर्ना हुने गर्छन् । गत शैक्षिक सत्रमा झन्डै ३ लाख ७० हजार चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि अमेरिका पुगेका थिए ।
ती विद्यार्थीहरूले विभिन्न विश्वविद्यालयमा स्नातक गरिरहेका र अनुसन्धाताहरू छन् । उनीहरू चिनियाँ विद्यार्थीहरूको एउटा सानो उपसमूह भएको ती अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको मे २९ को घोषणामा ‘चीनले अमेरिकाबाट संवेदनशील प्रविधि र बौद्धिक सम्पत्ति हात पार्न एउटा अभियान नै सञ्चालन गरेको’ आरोप लगाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार