विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार १७:२९:४१
२६ भदौ, मोरङ । विराटनगरको कोशी अस्पतालमा एक जना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका १९ बस्ने ४४ वर्षीय महिलाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।
अस्पतालका प्रमुख डा. दिपक सिग्देलका अनुसार महिलालाई ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
सोही दिन गरिएको पिसिआर परीक्षणमा संक्रमण देखिएपछि थप उपचारको लागि कोभिड अस्पताल पठाएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै कोशी कोभिड अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यससँगै विराटनगरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार