धनगढीमा घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र स्थापना
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार २१:२८:२८
२६ भदौ, सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकास्थित शिवपुरी सामुदायिक वन परिसरमा घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र स्थापना गरिएको छ । घाइते वन्यजन्तुको उद्धार गरी उपचार गर्ने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको हो ।
सो केन्द्रमा अहिले एउटा चित्तल र रतुवा राखिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए । “सामुदायिक वन क्षेत्रमा संरक्षित वन्यजन्तु घाइते भएमा तत्कालै उद्धार गरी केन्द्रमा ल्याएर प्राथमिक उपचार गर्छौ”, उनले भने, “स्वास्थ्य भएपछि पुनः वन क्षेत्रमा छाड्छौं।” ‘विस्तारै योे केन्द्रलाई ‘सानो स्तरको चिडियाखाना’ को रुपमा विकास गर्ने योजना रहेको पनि उनले बताए ।
धनगढी उपमहानगरपालिका र डिभिजन वन कार्यालयको सहयोगमा स्थापना गरिएको सो केन्द्रको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र डिभिजन वन कार्यालय धनगढीका प्रमुख कँडेलले संयुक्त रुपमा उद्घाटन गरे ।उद्धार केन्द्र नजिकै यस क्षेत्रकै मुख्य धार्मिकस्थल शिवपुरी धाम रहेको छ ।
यो धाममा दर्शन तथा पूजाका लागि आउने भक्तजनले निर्माण हुने ‘सानो स्तरको चिडियाखाना’ को समेत अवलोकन गर्न सक्ने बताइएको छ । शिवपुरी धामको मुख्य आकर्षक भनेको नै १०८ फिट अग्लो उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग रहेको छ ।सो अवसरमा उपमहानगरपालिकाका प्रमुख वडले उद्धार केन्द्रलाई ‘सानो स्तरको चिडियाखाना’ को रुपमा विकास गर्न सकिएमा शिवपुरी धाममा पर्यटक भित्रियाउन थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यसैबीच कैलालीको कैलारी गाउँपालिकाको बङ्गालीपुरमा फेला परेको दुर्लभ वन्यजन्तु सालकको बिहीवार उद्धार गरी नजिकैको वसन्ता वन क्षेत्रमा लगेर छोडिएको छ । साइटिस सूचिमा सूचिकृत सालक आठ किलो तौलको रहेको डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार