बुधबार , असोज १४, २०७७

चिकित्सकलाई सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको आग्रह

चिकित्सकलाई सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको आग्रह

२६ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्र्पक आउन आग्रह गरेको छ ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले त्यस्ता संस्था र त्यहाँ छात्रवृत्तिमा अध्ययन चिकित्सकलाई पाँच दिनभित्र मन्त्रालयमा सम्पर्क राख्नु अनुरोध गरे ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारी छात्रवृत्तिमा चिकित्सा विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने योजनाअनुसार मन्त्रालयले स्वास्थ्य संस्थालाई माग गर्ने भनेको हो ।

मन्त्रालयले त्यस्ता स्वास्थ्य संस्थालाई आगामी सोमबारसम्म आवश्यक विशेषज्ञ जनशक्तिका लागि निवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अनुसार सरकारी कोटामा स्नातकोत्तर अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने उल्लेख छ ।

दुई हजार स्वयमसेवा गर्न इच्छुक

कोभिड–१९ को रोकथाम र उपचारका लागि करिब दुई हजार स्वास्थ्यकर्मीले स्वयमसेवक गर्न इच्छा देखाएका छन् । मन्त्रालयले केही दिन अघि स्वयसेवकका लागि आवेदन माग गरेकोमा एक हजार ९३५ जना स्वास्थ्यकर्मीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सघाउने इच्छा देखाउँदै आवेदन फाराम भरेको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आवेदन फारम भरेका स्वयमसेवकलाई उनीहरुले रोजेको ठाउँमा गई अस्पताल तथा स्वास्थ्य संस्थाको आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छन् । मन्त्रालयले ईच्छुक चिकित्सक, नर्स, प्यारमेडिक्सलगायत स्वास्थ्यकर्मी र सेवानिवृत स्वास्थ्यकर्मीलाई स्वयमसेवकको रुपमा काम गरी कोभिड–१९ को नियन्त्रण गर्न आवह्वान गरेको थियो । स्वयमसेवकलाई आफूले स्वयमसेवा गर्न चाहेको जिल्ला, स्थानीय तह र स्थानको आवश्यकता र माग बमोजिम खटाइने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले