बिहिबार , असोज ८, २०७७

वर्षाले ग्रामीण सडक बन्द : यातायात ठप्प, स्थानीयवासीलाई सास्ती !

वर्षाले ग्रामीण सडक बन्द : यातायात ठप्प, स्थानीयवासीलाई सास्ती !

२६ भदौ, गाइघाट । वर्षाले उदयपुरका पहाडी क्षेत्रका अधिकांश ग्रामीण सडक भत्काएपछि यातायात सेवा ठप्प भएको छ । असार अन्तिम सातादेखि ग्रामीण क्षेत्रका सडकमा सवारीसाधन चल्न छाडेका हुन् । वर्षासँगै पहिरो खस्ने क्रम बढेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको हो ।

वर्षाका कारण हिलो तथा खाल्डाखुल्डी बढेपछि ग्रामीण क्षेत्रमा गाडी चल्न सकेका छैनन् । यातायात अवरुद्ध भएपछि सर्वसाधारणलाई घण्टौं हिँड्नुपर्ने बाध्यता छ । ग्रामीण सडक अवरुद्ध हुँदा पहाडी क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा बढी सास्ती भएको छ ।

गाउँगाउँमा खनिएका सडकको स्तरोन्नति नहुँदा नियमित यातायात सञ्चालन हुन सकेको छैन् । नेपालीहरुको महान् चाड दशैं र तिहार नजिकिएको हुँदा आवतजावत र आवश्यक खाद्यान्न ढुवानीमा समस्या भइरहेको स्थानीवासीको गुनासो छ । ग्रामीण सडक अवरुद्ध हुँदा ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकाका बासिन्दालाई आवतजावतमा बढी सास्ती भएको छ ।

सडक अवरुद्ध हुँदा यस क्षेत्रका बासिन्दाले पैदल हिँडेर सदरमुकाम आउन बाध्य छन् । “यातायात सेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्री आपूर्तिमा समस्या भएको छ”, लिम्चुङबुङ गाउँपालिका—४ जाँतेका कृष्ण बुढाथोकीले भने, “दैनिक उपभोग्य सामानको ढुवानीमा समस्या भएपछि यसको मूल्य समेत अकासिएको छ ।” “सडकमा पैदल यात्रा गर्दा सास्ती भएको छ” उनले भने, “दैनिक उपभोग्य वस्तु आपूर्तिमा समस्या भएको छ, बिरामी उपचारबाट वञ्चित छन् ।” सडकमा गाडी नचल्दा ग्रामीण क्षेत्रमा उत्पादित कृषिजन्य सामग्री थन्किएको उनको गुनासो छ ।

लिम्चुङबुङ गाउँपालिका—२ बराहका गजेन्द्र बरालले भने, “झण्डै तीन महिनादेखि जिल्ला सदरमुकाम गाइघाट र मुर्कुची बजार हुँदै हाम्रा गाउँघर जोड्ने सडकहरु अवरुद्ध हुँदै आएको छ । दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि यहाँका बासिन्दा दिनभर पैदेल हिँडेर रौता, रसुवा र मुर्कुची बजारसम्म पुग्नुपर्ने बाध्यता छन् ।”

सम्बन्धित निकायको चरम लापरबाहीले स्थानीयवासी यातायातको सहज सुविधा पाउन सकेका छैनन् । जिल्लाको कटारी बजार हुँदै बेतिनी भएर ताप्ली गाउँपालिकाका विभिन्न ग्रामीण भेगसम्म जोड्ने सडक तथा उदयपुरगढी गाउँपालिकाको विभिन्न ग्रामीण भेगसम्म पुग्ने सडकको अवस्था पनि उस्तै छ । सडकहरु अवरुद्ध भएका कारण आफूहरुलाई समस्या भइरहेको लिम्चुङबुङ माझखर्क सातदोबाटेका कुमारी मगरको गुनासो छ ।

जिल्लामा निर्माण गरेका अधिकांश ग्रामीण सडक व्यवस्थित गर्न नसक्दा स्थानीयवासीले वर्षायाममा सास्ती भोग्दै आएका छन् । स्थानीय तहले पुराना सडकलाई व्यवस्थित गर्न नसक्दा वर्षायाममा सास्ती भोग्नुपरेको स्थानीयवासीको गुनासो छ ।

भत्किएका सडकको तत्काल मर्मत गरी यातायात सेवा सुचारु गर्ने कार्यलाई अगाडि बढाइएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र कुमार खड्काले बताए । “जिल्लाको सदरमुकाम गाइघाट हुँदै रौतामाईका ग्रामीण क्षेत्र जोड्ने अवरुद्ध सबै सडकको मर्मत सम्भार गरी खुलाउने काम भइरहेको छ”, उनले भने, “दशैं अगाडि नै आफ्नो गाउँपालिकाका सडकमा सुधार भई यातायात सञ्चालन हुन्छ ।”

“स्थानीयवासी सास्ती पाएको गुनासो बढेपछि यातायात सुचारु गर्ने कार्यलाई तीव्रता दिएको छु”, उदयपुर गढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले भनिन, “यातायातको असुविधाले प्राकृतिक प्रकोप तथा विपत् व्यवस्थापनको काममा समेत समस्या हुने देखिएको छ ।”

जिल्लाको उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुको बासबोटे, बराह, बलाम्ता, ताम्लीछा जाँते, माझखर्क क्षेत्रमा जोड्ने सडकहरु अझै अवरुद्ध रहेका छन् । भत्किएका सडकको तत्काल मर्मत गरी यातायात सेवा सुचारु गर्न स्थानीयवासीको माग छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ६ दिन पहिले
राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा ५ दिन पहिले
मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्तथैलीको अप्रेशन मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्तथैलीको अप्रेशन ७ दिन पहिले
भ्रष्ट्राचारको रहस्य खोल्ने कर्मचारीको काज सरुवा भ्रष्ट्राचारको रहस्य खोल्ने कर्मचारीको काज सरुवा ३ दिन पहिले
प्रधानमन्त्रीज्यू ! प्रहरी सम्बन्धमा कति छिट्टो ‘डवल स्याण्डर’ प्रधानमन्त्रीज्यू ! प्रहरी सम्बन्धमा कति छिट्टो ‘डवल स्याण्डर’ ४ दिन पहिले
प्रहरीको कुटपिट बढेपछि मानवअधिकार प्रशिक्षण प्रहरीको कुटपिट बढेपछि मानवअधिकार प्रशिक्षण १८ घण्टा पहिले
पूर्व राजा शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा पूर्व राजा शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा ७ दिन पहिले
ट्रम्पले बलात्कार गरेको पूर्वमोडल डोरिसको दाबी ट्रम्पले बलात्कार गरेको पूर्वमोडल डोरिसको दाबी ६ दिन पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ७ दिन पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ६ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै १ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले