आइतबार , असोज ११, २०७७

अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प

अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प

२६ भदौ, एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएको प्राप्त समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले सो एप्शमाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी बिहीबार गराएका हुन्।

उनले ती एप्शहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिएका थिए । अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुदैन– राष्ट्रपति ट्रम्पले भनेका छन् ।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ । बिहीबार उनी अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी ¥यालीलाई सम्बोधन गर्नका लागि गएका थिए ।

सो ¥यालीमा जानु अगाडि उनले दिएको प्रतिक्रियामा अमेरिकाले ती एप्लिकेशनमा प्रतिबन्ध लगाउने भनी अमेरिकाले गरेको यही सेप्टेम्बर १५ को तारिख पछि नसारिने जानकारी समाचारदाताहरुलाई दिए ।

मिचिगनका लागि उड्नुअघि अमेरिकाको जोइन्ट् बेस एन्ड्रयुमा समाचारदाताहरुको प्रश्नको जवाफ दिँदै उनले सो धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ । यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् ।

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्शहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका ती एप्शहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले