मंगलबार , असोज १३, २०७७

सीमा क्षेत्रको बगर संरक्षणमा जुटे स्थानीयवासी

सीमा क्षेत्रको बगर संरक्षणमा जुटे स्थानीयवासी

२७ भदौ, टीकापुर ।  कैलालीको टीकापुर–७ स्थित बगरमा परिणत भएको जमीन संरक्षणमा स्थानीय जुटेका छन् । वर्षौदेखि नदी कटान र पटान भएर खेती गर्न नसकिएको जमीनलाई स्थानीयले सामुदायिक वनका रुपमा विकास गर्न थालेका छन् ।

कैलालीको टीकापुर–७ कालाकुण्डा क्षेत्रमा मोहना नदी कटानले बनाएको बगरमा शुक्रबार वृक्षरोपण गरिएको छ । प्रस्तावित कालाकुण्डा सामुदायिक वनमा उपभोक्ताले चार हजार ५०० बिरुवा रापेका हुन् । बिरुवा रानी जमरा कुलरिया सिँचाइ आयोजना टीकापुरले उपलब्ध गराएको हो ।

प्रस्तावित सामुदायिक वनका अध्यक्ष भिउराज साउदले आयोजनासँग बिरुवा माग गरेर वृक्षरोपण गरेको बताए। ‘‘हामीले जमीन संरक्षणका लागि सामुदायिक वनका रुपमा विकास गर्ने योजना बनायौँ’’, साउदले भने, ‘‘ नदी कटानले हैरान भएका स्थानीय वृक्षारोपण भए नदी कटान न्यूनीकरण हुने आशामा छन् ।’’

स्थानीयले वन बनाउन थालेपछि त्यहाँ सिसम, खयर, बेत, लिप्टिस, ताकी, कोइरालो, बकाइनो, सिरिस र अमालाका बिरुवा रोपिएका हुन् । केही वर्ष अघिसम्म भारतले आफ्नो दाबी गर्दै आएको त्यहाँ गत वर्ष नेपाल र भारतको संयुक्त सर्वे टोलीले सीमा स्तम्भ मर्मत गरेपछि नेपालकै जमीन भएको टुङ्गो लागेको हो ।

जमीन सधैँ बाझो रहने भएकाले स्थानीयस्तरमा छलफल गरी सामुदायिक वनका रुपमा विकास गर्न थालेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । ढुङ्गानाले भने, ‘‘अब वन बनाएर नदी कटान नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षण गर्नुका साथै डल्फिन क्षेत्रको विकास गर्नेछौँ ।’’

स्थानीयस्तरबाट वृक्षरोपण गरी संरक्षण गर्न थालिएको जग्गा डल्फिन क्षेत्रको हो । मोहना नदीको किनारमा रहेको जमीन संरक्षण गर्ने योजनाले नदी कटान नियन्त्रणमा सघाउ पुग्ने स्थानीयको अपेक्षा छ ।

साथै सामुदायिक रुपमा प्रयोग विहीन जमीन प्रयोग गरेमा स्थानीयलाई आवश्यक घाँस दाउरा जुटाउन समेत सहयोग पुग्ने संरक्षणकर्मी जयप्रसाद ढुङ्गाना बताउछन । ‘‘मोहना र पथरैया नदीको दोभानमा डल्फिन पाइन्छ । त्यस क्षेत्रलाई डल्फिन क्षेत्रका रुपमा विकास गरिरहेका छौँ’’, जयप्रसाद भन्छन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज २०७७ असोज १३ गते मंगलबारको राशिफल आज २०७७ असोज १३ गते मंगलबारको राशिफल ६ घण्टा पहिले
इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित १७ घण्टा पहिले
बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद २२ घण्टा पहिले
पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह २१ घण्टा पहिले
नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र १५ घण्टा पहिले
राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! २० घण्टा पहिले
प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त १९ घण्टा पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन १८ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले