बुधबार , असोज १४, २०७७

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका २ बालकको मृत्यु

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका २ बालकको मृत्यु

२७ भदौ, काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ ।

रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका छोराहरु ११ वर्षीय युवराज र ८ वर्षीय अमरको मृत्यु भएको वडाध्यक्ष मति पुनले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम पठाइँदै छ ।

पहिरोमा पुरिएर ज्ञानसिंहकी पत्नी ३५ वर्षीया नन्दकली र आमा ५० वर्षीया बीरमा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुलिचौर अस्पताल पठाइएको डिएसपी सुवेदीले जानकारी दिए । ज्ञानसिंहका जेठा छोरा यमराज आफन्तको घरमा पाहुना गएका थिए । ज्ञानसिंह भने रोजगारीको सिलसिलामा ८ वर्ष पहिले भारत गएपनि परिवारका सदस्यहरुसँग सम्पर्कमा नरहेको वडाध्यक्ष मति पुनले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले