दश लाख अमेरिकी डलर पाउन महिलाले आफ्नै हात काटेपछि,,,
नेपालबहस संवाददाता
भदौ २७, २०७७ शनिबार १७:५१:३८
२७ भदौ, एजेन्सी । स्लोभेनियाकी एकजना महिलालाई नियतवश आफ्नो हात रेटेर बीमाको पैसा अवैध ढङ्गले कमाउन खोजेको आरोपमा दोषी ठहर गरिएको छ।
राजधानी लुब्लियानास्थित अदालतले २२ वर्षीया जुलिया आदलेसीचले घटनाको अघिल्लो वर्षमात्र पाँचवटा बीमा नीति खरिद गरेको पाइएको थियो। उनले हाँगा छिमल्ने क्रममा हात काटिएको बताएकी थिइन्।
हातको बीमावापत् उनले दश लाख अमेरिकी डलरभन्दा धेरै पाउने थिइन्। तर अब उनलाई दुई वर्षको जेल सजाय सुनाइएको छ। उनका केटासाथीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ।
सन् २०१९ मा नाडीभन्दा माथिको भाग काटिएको हालतमा आदलेसीचलाई अस्पतालमा पुर्याइएपछि उनी र उनका केही आफन्त पक्राउ परेका थिए। उनको अपाङ्गता स्थायी होस् भन्ने हेतुले उनी र उनको केटासाथीले काटिएको भाग जानाजान छाडेर अस्पताल आएको अदालतको निष्कर्ष छ।
तर अधिकारीहरूले समयमै उक्त भाग फेला पारे र अस्पतालले त्यसलाई जोडिदियो। सो घटनाको केही दिन अगाडि महिलाका केटासाथीले इन्टरनेटमा कृत्रिम हातबारे जानकारी खोजी गरेको अभियोजनकर्ताहरूले बताए।
त्यसले पनि उक्त घटना नियोजित भएको प्रमाण मिल्ने अभियोजनकर्ताहरूले बताएका छन्। ती केटासाथीका बुवालाई पनि एक वर्षे जेल सजाय सुनाइयो। तर उनीविरुद्धको सजाय लागु गराइएको छैन।
मुद्दाको अवधिभरि आदलेसीचले जानाजान हात काटेको अस्वीकार गरेकी थिइन्। यदि उनको योजना सफल भएको भए उनले आधा जति रकम एकमुष्ट र बाँकी मासिक किस्तामा पाउने थिइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियो, देशैभरी लगाइयो आपतकाल
चैत २८, २०८० बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ
बैशाख १२, २०८१ बुधबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार