बिहिबार , माघ १५, २०७७

वोमी लघुवित्तको शेयर कारोबार रोक्का, ग्रामीण स्वयंसेवासँग मर्ज हुने

वोमी लघुवित्तको शेयर कारोबार रोक्का, ग्रामीण स्वयंसेवासँग मर्ज हुने

२८ भदौ, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज हुने सम्झौता भएको छ । दुवै संस्था मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई समेत मर्जरको लागि प्रोत्साहन गरेपछि पछिल्लो समय लघुवित्त कम्पनीहरु पनि मर्जमा जान थालेका छन् ।

लघुवित्त कम्पनीहरुको संख्या धेरै भएपछि राष्ट्र बैंकलाई नियमन गर्न सहज होस् भन्ने अभिप्रायले पनि मर्जलाई प्रोत्साहन गरिँदै आएको छ । अहिले लघुवत्त कम्पनीहरूलाई पनि केन्द्रीय बैंकको निर्देशन अनुसार चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यता छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय