सोमबार , असोज १२, २०७७

एक घर एक पीसीआर अभियान : राजविराजमा थप ८७ जनाको स्वाब संकलन

एक घर एक पीसीआर अभियान : राजविराजमा थप ८७ जनाको स्वाब संकलन

◊ धीरुभाइ

२८ भदौ,  सप्तरी । सहयोद्धा संस्थाले एक घर एक पीसीआर अभियान अन्तर्गत थप ८७ जनाको नमूना स्वाब संकलन गरेको छ । सो संस्थाले राजविराज नगरपालिकालाई कार्यक्षेत्र निर्धारण गरेर थालिएको अभियानको तेस्रो चरणमा राजविराज नगरपालिका वार्ड नम्बर १२ मा शनिबार साँझ ८७ परिवारका ८७ जनाको नमूना स्वाब संकलन गरिएको कार्यक्रम संयोजक शिव साहले बताए ।

राजविराज नगर क्षेत्रमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिरहेको कारण थप संक्रमण न्यूनिकरणमा सहयोग गर्न पीसीआर परीक्षणको लागि समुदायमा नमूना स्वाब संकलन अभियान सुरु गरिएको संस्थाका अध्यक्ष रबिन्द्र यादवले बताए । राजविराज नगरपालिकाको सो वडा कार्यालयको सहयोगमा स्वास्थ्य चौकीमा आयोजना गरिएको नमूना स्वाब संकलन अभियानमा आएका सहभागीहरुलाई सामाजिक दूरी, मास्कको प्रयोग तथा साबुन पानीले हातधुने जस्ता स्वासथ्य सुरक्षाका उपायहरू अपनाउन लगाएको उनले बताए ।

संस्थाले एक घर परिवारबाट कम्तिमा एक जनाको कोरोना परीक्षण गर्ने उद्देश्यले सुरु गरिएको अभियान अन्तर्गत पहिलो चरणमा राजविराज नगरपालिका वार्ड नम्बर ८ मा ६८ र दोस्रो चरणमा वार्ड नम्बर २ मा ७२ जनाको नमूना स्वाब संकलन गरिसकेको सहयोद्धाका सहसचिव सत्यम यादवले बताए ।

यससँगै अभियानले हालसम्म २२७ जना परिवारको नमूना स्वाब संकलन गरिएको छ । संकलन गरिएको स्वाब परीक्षणको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको कोभिड–१९ प्रयोगशालामा पठाउने बताइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले