मन्त्रिमण्डल पुर्नगठनको गृहकार्य शुरु
नेपालबहस संवाददाता
भदौ २८, २०७७ आइतबार २१:३३:३८
२८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको रडाको भागबण्डामा मिलाउन नेतृत्व तह राजी भएपछि त्यसको खाका तयार गर्ने काम तीव्र रुपमा अघि बढेको छ । दुईजना अध्यक्षको काम, कर्तव्य र अधिकारबारे स्पष्ट आधारका साथ पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले प्रतिवेदन दिएपछि विकसित घटनाक्रमलाई व्यवहारमा उतार्न गृहकार्य हुन थालेको हो ।
कार्यदलको प्रतिवेदनलाई सचिवालयले स्वामित्वमा लिइसकेपछि गरिएको परिमार्जनलाई स्थायी कमिटीले समेत अनुमोदन गरेपछि दुवै अध्यक्षबीचको कार्यविभाजन प्रष्ट भएको भनिएको छ । अब कार्यदलले दिएको सुझाव अनुसार भागबण्डा मिलाउने काम बाँकी छ– एकजना स्थायी कमिटी सदस्यले भने । त्यसको शुरुआत मन्त्रिपरिषद पुर्नगठनबाट हुने छ – स्रोत भन्छ । यसका लागि प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहकार्यमा जुटेका छन् ।
मन्त्रिपरिषद पुर्नगठन मात्र होइन, सम्पूर्ण राजनीतिक नियुक्तिलगायत विषयमा प्याकेजमै कार्यक्रम आउने छ भन्दै उनले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयपनि त्यसैमा समेटिने जानकारी दिए । तर प्रधानमन्त्री ओली चाहिं सकेसम्म बामदेव राष्ट्रियसभामा नजाउन भन्ने पक्षमा रहेको पनि स्रोतको दावी छ । त्यसैले अहिलेसम्म होल्ड गरेर राखेको हो – उनले भने । तर बामदेव आफैंले नजाने नभनेसम्म ओलीले कुनै दवाव दिने छैनन् ।
बामदेवलाई राष्ट्रियसभामा लैजाने भनी ओलीले नै प्रस्ताव गरेको पनि आज १० दिन भइसक्यो, तर निर्णय कार्यान्वयन भएको छैन, त्यसको कारण नै त्यही हो – स्रोतको भनाई छ । यसबीचमा ओलीले बामदेवलाई बालुवाटार बोलाएर दुईपटक भेटिसके । दुवै भेटमा बामदेव राष्ट्रियसभामा जान अनिच्छुक देखिएनन् । बरु दुुवैपटक उनले अर्थमन्त्रालयसमेत दिन आग्रह गरेका थिए । ओलीले भने यसबारे केही बोलेनन् । तर बामदेवले पटक पटक मन्त्री बन्ने इच्छा जाहेर गरेकाले उनलाई बाइपास गर्न अफ्ठेरो रहेको निकटहरुसँग भन्ने गरेका छन् ।
अब दशैंको मुखमा मात्रै मन्त्रिपरिषदमा पुर्नगठन हुने सम्भावना रहेको स्रोतले बतायो । केही पुरानालाई हटाएर नयाँ अनुहारलाई ठाउँ दिने मापदण्डसमेत दुवै अध्यक्षले बनाउन थालेको उनको दावी छ । एक दर्जन मन्त्रीहरु फेरबदलमा पर्नसक्ने अवस्था छ भन्दै स्रोतले त्यसको मापदण्ड दुईचार दिन भित्रै बन्ने जानकारी दिए । अहिले ओलीको सल्लाहकार समूहमा यसबारे गम्भिर छलफल भइरहेको छ , कसलाई मन्त्री र संवैधानिक आयोगमा लैजाने र कसलाई राजदूत बनाउने भन्ने तहसम्मका छलफल भइरहेका छन् – उनले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत धेरै संवैधानिक निकायमा खाली भएकाले पनि मापदण्ड बनाएर लैजाने तयारी भएको हो – उनले भने । अबको पुनर्गठनमा पर्ने मन्त्रीहरुलाई बाँकी अवधि पूरै मौका दिने ओलीको योजना रहेको छ । यो प्रतिनिधिसभाको आधा कार्यकाल अर्थात अढाई वर्ष पूरा भइसकेको छ । बाँकी अवधिका लागि नयाँ मन्त्री ल्याउँदा विगतका गल्ती नदोहो¥याउने उनको सोच रहेको स्रोत बताउँछ ।
त्यसैले बामदेव लगायत हेवीवेटलाई आफ्नो मन्त्रिपरिषदमा ल्याउने ओलीको दाउ रहेको छ । हेभीवेटलाई मन्त्रिमण्डलमा ल्याउन सक्दा विगतको जस्तो राजनीतिक अवरोध नआउने उनको ठम्याई रहेको छ । त्यसैले बामदेवका साथै नारायणकाजी श्रेष्ठलाई समेत मन्त्रिमण्डलमा ल्याउने पक्षमा ओली रहेका छन् । पोर्टफोलियोमा विवाद भएन भने यी दुवैजना पुर्नगठनमा पर्नेछन् – स्रोतको भनाई छ ।
त्यसैगरी रामबहादुर थापा र ईश्वर पोखरेललाई समेत आफ्नो पक्षमा राख्ने बाध्यता ओलीका सामुन्ने रहेको छ । सचिवालयमा पोखरेल र थापाले ओलीलाई साथ दिंदै आएका छन् । माधव नेपाल पक्षका दुईजना हेभीवेटलाई मन्त्री बनाउने उनको सोच रहेको छ । भीम रावल र अर्का एकजनालाई समेट्ने पक्षमा उनी छन् ।
तर नेपाल भने सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रीका रुपमा पठाउने योजनामा रहेका छन् । ओली भने पाण्डेको बदला अरु नै कसैलाई ल्याउने दाउमा रहेका छन् । पाण्डेसँग उनको व्यक्तिगत मतभेद रहेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार