मंगलबार , असोज १३, २०७७

वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै

वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै

२८ भदौ, स्याङ्जा । गल्याङ नगरपालिका ११ जिमुहाका एकबहादुर स्वमैको मृत्यु प्रकरण रहस्यमय बनेको छ । जिमुहास्थित गल्कोट माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा ज्यालादारीकोे काम गर्दै आएका एकबहादुरकोे मृत्यु एकाएक रहस्यमय बनेको हो ।

मृतक स्वमैकी श्रीमती तुलसीमाय स्वमैले पतिको मृत्युु रहस्यमय रहेको भन्दै खोजी गरिदिन मिडियालाई आग्रह गरेकी छन् । विद्यालयको भवन निर्माणमा काम गरिरहेका स्वमै ट्याक्टर दुर्घट्नामा परेर मृत्युु भएको बिषय बाहिर आएपछि उनको मृत्यु रहस्यमय भएको हो । भवनका लागि आवश्यक पर्ने काठ ट्याक्टरमा लिएर आउँदै गर्दा ट्याक्टरबाट खसेर घाईते भएका स्वमैले ट्याक्टरबाट खसेर आफु घाईते भएको श्रीमतीलाई सुनाएका थिए ।

स्वमैकी श्रमिती तुलसीले ट्याक्टरबाट घाईते भएका मेरा श्रीमान पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएपछि अस्पतालले खेतबाट लडेर निधन भएको रिर्पोट बनाएपछि श्रीमानको मृत्यूमा शंका लागेको बताईन् । उनका अनुसार श्रीमानको आँखा झिकिएको र टाउको चिरिएको अवस्थामा आफुले देखेको बताईन् । स्वमैको शबलाई पोष्टमार्टम समेत नगरी अन्तिम संकार गरिएको थियो ।

बिद्यालयको भवन निमार्णमा काम गरिरहेको बेला भवन निर्माणको लागि आवश्यक पर्ने काठ ट्याक्टरमा लिएर आउँदै गर्दा बाटोमा काठ खस्न थालेपछि ट्याक्टर रोकेर काठ बाध्ने क्रममा ट्याक्टरबाट लडेर घाइते भएका एकबहादुरको उपचारको क्रममा पाल्पाको लुम्बिनी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आफ्ना श्रीमानको मृत्युकोे घटनालाई वडा अध्यक्ष, स्कुल व्यवस्थापन समिति र बिद्यालय निर्माणको ठेक्का लिएका ठेकेदारले गुपचुप राखी न्याय मार्न खोजिएको भन्दै न्याय खोज्ने क्रममा रहेको तुलसीमायाले बताइन् । उनले नेपालबहससँग कुराकानी गर्दै भनिन्, श्रीमानको मृत्यु हुँदा आफुले केही थाहा नपाएको र हाल काजक्रियामा रहेको हुँदा न्यायको लागि उजुरी गर्न जाने वातावरण नमिलेको बताइन् ।

यही काजक्रियाकै समयमा वडा अध्यक्षले देशको सम्पुर्ण निकाय आफै भएको हुँदा अन्यत्र गएर न्याय नपाइने हुँदा दुइ लाखमा बारम्बार कुरा मिल्न आग्रह गरेको भएपनि आफुलाई पैसा भन्दा पनि श्रीमानको मृत्युको कारण खोज्दै आफू मिडियामा पुगेको उनको भनाई छ ।

दुर्घटना भएर मृत्यु भएको घटनालाई पोस्टमार्टमसमेत गर्न नदिई प्रमाण लुकाएर निर्वाचित जनप्रतिनिधिका रुपमा रहेका वडा अध्यक्ष एवम् उक्त बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शंकरदेव अधिकारीले अस्पतालको रिर्पाेट नै नक्कली बनाएको आरोप लगाइन् । ट्याक्टरबाट लडेर घाईते भएका श्रीमानको खेतबाट लडेर मृत्यु भएकोे रिर्पोट बन्दा आफु आश्र्चयचकित भएकोले न्याय पाउने कुनै आधार नभएको भन्दै वडाध्यक्ष अधिकारीले परिवारलाई दुई लाख रुपैयाँमा मिल्न पटकपटक दवाव दिएको तुल्सीमायाको गुनासो छ ।

कहिले हस्पिटलको रिर्पोट त कहिले बुढाले रक्सी खाएको रिर्पाेट, कहिले काममा गएको के प्रमाण छ भन्ने जस्ता शब्द प्रयोग गरेर मिल्न दवाव दिएको मृतककी श्रीमती तुल्सी माया भनाई छ ।

उनका अनुसार श्रीमानले तीज भन्दा पहिलेदेखि काम गर्दै आएको भएपनि हाल आएर काम गरेको के प्रमाण छ जस्ता शब्द प्रयोग गरेर धम्की दिन थालेपछि आफू न्याय खोज्दै मिडियामा आएको बताइन् ।

मृतकका भाइ कलम सोमैले पनि दुई लाख लिएर सहमति गर्न पटकपटक फोन गर्ने गरेको बताए । उनले भने, प्रमाण केही नभएको हुँदा अन्य प्रक्रियामा गए हार्ने हुँदा यही रकम लिएर मिल्न पटकपटक वडाअध्यक्षले फोन गर्ने गरेका छन् । मृतकका छोरा मधु सोमैले पनि दुई ठेकेदारले बुवाको मृत्यु भएको हस्पिटलसम्म पुगेर उतैबाट रिर्पोट सच्याउदै आएको हुँदा आफुले न्याय पाउने आशा गुमेको बताए । घर परिवारका अनुसार लु २ च ७५७७ नम्बरको ट्याक्टरबाट उनी लडेका थिए ।

मैले खाना खादै थिए, एक व्यक्ति आएर खादै गर्दा अगाडि राखिएको पानी लिएर गएको र के भएछ भनेर पछि पछि हेर्दै जाँदा उक्त घटना देखेको नाम नबताउने शर्तमा घटनास्थलका एक प्रत्यक्षदर्शीले जानकारी दिए । गल्याङ नगरपालिका ११ गिनचौरमा घटना भएको र उक्त स्थानमा खासै बाक्लो बस्ती नभएको हुँदा घटनाको प्रत्यक्षदर्शी स्थानीय हुन सकेनन् ।

नेपालबहससँग कुरा गर्दै उक्त वडाका अध्यक्ष शंकरदेव अधिकारले मृतक ट्याक्टरबाट खसेको कुनै प्रमाण नभएको र उक्त दिन काममा गएनगएको आफुलाई कुनै जानकारी नभएको बताए ।

एकबहादुर स्वमैले भने काम गर्ने गरेको उनले स्वीकार गरे । उनले मिलिसकेको घटनामा पत्रकार आएर घटनालाई उल्टै तोडफोड गर्न खोजेको आरोप समेत लगाए । यसै विषयमा स्याङ्जाका प्रहरी प्रमुख होबिन्द्र बोगटीले घटना बारे सामान्य जानकारी भएपनि लिखित उजुरी नपरेको हुँदा कुनै प्रक्रिया अगाडि नबढेको बताए ।

के भएको थियो घटना ?

मृतककी श्रीमती तुल्सीमाया सोमैका अनुसार सधैंजसो भदौ १६ गते पनि उहाँ स्कुलको कामका लागि जानू भयो । करिब १२ बजेको आसपासमा घर आउनुभयो । घर आए लगत्तै आफू ट्याक्टरबाट लडेको, माथि स्कुलसम्म साथीहरुले बाइकमा ल्याइदिएको र त्यहाँबाट तल आफू हिड्दै आएको तथा टाउकोमा एकदमै दुखाई भएको हुँदा उपचारको लागि अस्पताल जानुपर्ने बताउनुभयो ।

बाहिर कतै देखिने चोट नलागेको हुँदा सामान्य होला भनी गल्याङ सामुदायिक अस्पतालमा छोरा र मैले लिएर गयौं । गल्याङ सामुदायिक अस्पतालले केस सिरियस भएको हुँदा पाल्पा रिफर गरेपछि पाल्पास्थित लुम्बिनी अस्पताल लिएर गयौ ।

अस्पतालमा उपचारका क्रममा करिब रातको दश बजे मृत्यु भएको खबर पाएपछि म बेहोश भए । अस्पतालमा खेतबाट लडेको रिर्पाेट तयार भएको रहेछ, त्यो पनि मलाई थाहा भएन । बिहान लाश हेर्दा आँखा पनि छैन्, आँखामा टेप टासेको छ, टाउकोमा गिदीतिर पनि खाल्डो पारिएको छ । मलाई राम्रोसँग होस् नआएको हुँदा म केही बोल्न सकिन । लाशलाई सतिगति गरियो ।

पछि बुझ्दै आउँदा र घटनाका प्रत्यक्षदर्शीले भनेको कुरा सुनेपछि श्रीमानको मृत्यु यिनीहरुको लापरवाहीले भएको हुँदा न्यायका आवाज उठाउदा पचास हजारमा कुरा मिलाउन खोजियो र फेरि दुई लाखमा मिलाउन भन्दै खातामा पैसा हालिदिने आश्वासन दिदै खाता नम्बर मागेका छन् । मलाई पैसा होइन, न्यायको खाँचो छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज २०७७ असोज १३ गते मंगलबारको राशिफल आज २०७७ असोज १३ गते मंगलबारको राशिफल ५ घण्टा पहिले
इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित १६ घण्टा पहिले
बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद २१ घण्टा पहिले
पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह १९ घण्टा पहिले
नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र १४ घण्टा पहिले
राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! १८ घण्टा पहिले
प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त १७ घण्टा पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन १७ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले