असोज १ गते दिपावली मनाएर बिरामी दिवस मनाउन आह्वान
नेपालबहस संवाददाता
भदौ २८, २०७७ सोमबार ०:४१:२४
२८ भदौ, काठमाडौं । सरकारले असोज १ गते घर घरमा दीपावली गरेर बिरामी दिवस मनाउन आह्वान गरेको छ । अन्तर्राष्ट्रिय बिरामी दिवसका अवसरमा नेपालमा पनि दीपावली मनाउन सरकारले आग्रह गरेको हो ।
सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघले घोषणा गरेको बिरामी दिवस केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै आएको छ ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बिरामी दिवसलाई यस वर्ष स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको बताए । यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ तय गरिएको छ ।
बिरामी दिवसको अवसरमा असोज १ गते साँझ ७ बजे काठमाडौंको माइतीघरमा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ । त्यसै अवसरमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्ने र मृत्यु भएका संक्रमितको चीर शान्तिको कामना गर्दै मौनधारण गर्ने कार्यक्रम छ ।
असोज १ गते साँझ ८ बजे सम्पूर्ण देशबासीलाई दिपावली गरेर स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउन सरकारले आह्वान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार