शनिबार , असोज १०, २०७७

बाढी प्रभावित ५ बर्षमुनीका ५१ जना बालबालिकाहरुलाई राहत

बाढी प्रभावित ५ बर्षमुनीका ५१ जना बालबालिकाहरुलाई राहत

◊ धीरुभाइ

२८ भदौ सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित ५ बर्षमुनीका बालबालिकाहरुलाई राहत रकम वितरण गरेको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वडा नं. १ बेल्हीका ५१ जना बालबालिकाहरुलाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गरेका हुन्  ।

युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रम अन्तर्गतप्रति बालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

सो राहत रकम विरतण गर्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले राहत रकम बालबालिकाको हितमा खर्च गर्न आग्रह गरे । खाँडो खोलाको बाढीका कारण बेल्ही पटकपटक प्रभावित बन्दै आएको छ भने महुली, जिता र कोशी नदीको सिपेजका कारण वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइन प्रभावित बन्दै आएको छ ।

कोइलाडी र को. बर्साइनका बाढी प्रभावितहरुलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्र अधिकृत झाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २४ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले