सोमबार , अषोज ५, २०७७

नेप्सेको सिस्टममा समस्या तर नाै वटा उपसुचकमा भने उत्साहजन बृद्धि

नेप्सेको सिस्टममा समस्या तर नाै वटा उपसुचकमा भने उत्साहजन बृद्धि

२८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा आज फेरि समस्या देखिएको छ । नेप्सेको सिस्टममा समस्या  आएता पनि नाै वटा उपसुचकमा भने उत्साहजन बृद्धि भएकाे छ । पछिल्ला केही दिनदेखि देखिँदै आएको समस्या समाधान नहुँदा यसको प्रभाव आज पनि बजारमा देखियो । जसका कारण आज दिउँसो केही समय लगानीकर्ताले शेयर किन्न र बिक्री गर्नसमेत समस्या व्योहोरेका छन् । यद्यपी समस्या समाधान गरिएसँगै कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से १६.५६ बिन्दुले बढेर एक हजार ५३७.२५ मा पुग्यो । यस्तै सेन्सेटिभ परिसूभक २.५९ ले वृद्धि भई ३०३.९७ मा पुग्यो । आज कूल १९१ कम्पनीको ७१ लाख ७९ हजार ८ कित्ता शेयर रु तीन अर्व ३७ करोड ४१ लाख ४४ बराबरको कारोबार भयो ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २९.२२, वित्त २.९४ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ५.८२, होटल ५७.९६, विकास बैंक १.३६, जलविद्युत् ४०.१५, निर्जीवन बीमा ३२५.१५, उतपादन १७.०८, अन्य ०.८७, लघुवित्त ८.२ र जीवन बीमा २८३.८८ ले वृद्धि भएको छ ।

स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २४ करोड २० लाख ३२ हजार ३८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १९ करोड ३० लाख ७६ हजार ६७, नागरिक लगानी कोष रु १६ करोड ३९ लाख १८ हजार ५०९, शिवम् सिमेन्ट रु १० करोड ५६ लाख ९७ हजार ५२ र प्रिमियर इन्स्योरेन्स कम्पनी रु १० करोड २५ लाख ४६ हजार ३०३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार रिलायन्स इन्स्योरेन्स कम्पनी ९.९८, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९५, एनआरएन इन्फ्रास्टकचर ९.७७, राधी विद्युत् कम्पनी ९.६३ र अरुण ध्याली हाइड्रोपावर कम्पनीका शेयररधनीले ९.२४ प्रतिशतले कमाए । यस्तै, नबिल ब्यालेन्स फण्ड दुई ९.२७, दिव्यश्वरी हाइड्रोपावर ५.१७, आँखु खोला जलविद्युत् कम्पनी ४.५५ र नागरिक लगानी कोषका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? ५ दिन पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ५ दिन पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ४ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? ६ दिन पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै १ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले