शुक्रबार , असोज ९, २०७७

करणीका घटनामा अधिकांश छिमेकी र आफन्त संलग्न

करणीका घटनामा अधिकांश छिमेकी र आफन्त संलग्न

२८ भदौ, रोल्पा । जबर्जस्ती करणीका घटना अधिकांश आफन्त र छिमेकीबाट हुने गरेको पाइएको छ । जिल्लामा आएका करणीका उजूरीमा आफन्त र छिमेकी संलग्न भएको बढी आउने गरेको बताइएको छ । गत आर्थिक वर्षमा जिल्लामा भएका १४ जबर्जस्ती करणीका घटनामध्ये सबै आफन्त, छिमेकी र चिनेजानेकाबाट भएको देखिएको हो ।

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा दर्ता भएका १४ जबर्जस्ती करणीका उजूरीमध्ये नौ वटामा छिमेकी संलग्न भएको पाइएको छ । यसै गरी एउटा घटना दाजुले बहिनीलाई, एउटा फुपाजूले भदैलाई, एउटा घटना काकाले भतिजीलाई, एउटा घटना छोराले आमालाई र एउटा घटनामा अलिक टाढाको आफन्तले जबर्जस्ती गरेको देखिएको छ ।

घटनामा नातागोता, छिमेकी र परिचित व्यक्ति संलग्न हुने भएकाले पक्राउ गर्न सहज हुने गरेको प्रहरीले बताएको छ । चिनेजानेका व्यक्तिले करणी गर्दा पीडितलाई किटानी उजूरी दिन र प्रहरीलाई दोषी पक्राउ गर्न सहज हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शङ्कर खड्काले बताए । यस्ता घटनामा संलग्न भएको उजूरी पर्नासाथ प्रहरी अभियुक्त पक्राउ गर्न सफल भएको जनाइएको छ ।

चिनेजानेकाबाटै करणी भएका घटनामा निर्दोष फस्ने सम्भावना कम हुने उनले बताए । आफन्त र चिनेजानेकाबाट हुने करणीका कारण धेरै घटना गाउँघरमै मिलापत्रमा टुङ्ग्याउने गरेको पनि पाइएको छ । क्षमा दिन नमिल्ने र लुकाउनै नमिल्ने भएपछि मात्रै पीडित न्यायका लागि अड्डाअदालत धाउने गरेको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य बताउछन ।

जिल्लामा जबर्जस्तीका घटना वर्षेनी बढ्न थालेका छन । आव २०७२/०७३ मा दुई जबर्जस्ती करणी र एक जबर्जस्ती करणी उद्योगमा उजूरी दर्ता भएको प्रहरीको तथ्याङ्क छ । यस्तै आव २०७५/०७६ मा जबर्जस्ती करणी र जबर्जस्ती करणीको उद्योग क्रमशः आठ र एक वटा भएको देखिन्छ । गत आवमा करणीका घटनामा वृद्धि भएको देखिन्छ । गत आवमा १४ जबर्जस्ती करणी र एउटा करणी उद्योगको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणसँगै लामो समयसम्म भएको लकडाउनका कारण अघिल्लो वर्ष महिला हिंसाका अधिकांश घटना बढ्ने क्रममा जबर्जस्ती करणीका घटनासमेत बढेको देखिन्छ । लकडाउनले सामाजिक सचेचीकरणका कार्यक्रम गर्न नपाउँदा पनि अघिल्लो वर्ष महिला हिंसाका घटना अलिक बढी देखिएको जिल्ला प्रहरी प्रवक्ता खड्काले बताए ।

समाजमा शान्ति र अमनचयन कायम गर्न अहोरात्र खटिरहेको प्रहरीले महिला हिंसा न्यूनीकरणलाई प्राथमिता दिएको प्रवक्ता खड्काको भनाइ छ । अवस्था सहज हुनेबित्तिकै समुदाय तथा विद्यालयमा सचेतीकरणका कार्यक्रम लैजाने योजना बनाइएको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १३ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले