सोमबार , अषोज ५, २०७७

उद्योगी-व्यवसायीको समस्या समाधानमा पहल गरिदिन आग्रह

उद्योगी-व्यवसायीको समस्या समाधानमा पहल गरिदिन आग्रह

२८ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले उद्योगी–व्यवसायीको समस्या समाधानका लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

महासंघको टोलीले आज पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेर लामो समयको बन्दाबन्दी र निषेधाज्ञामा बन्द रहेको व्यवसायीका लागि सरकारले राहतका लागि ठोस योजना नल्याएको भन्दै समस्या समधानका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसाय पूर्ण रुपमा बन्द हुँदा बैंक तथा वित्तिय संस्थाको साँवा, ब्याज, घरभाडा, कामदारलाई पारिश्रमिक दिनसमेत समस्या परेको भन्दै उद्योगी व्यवसायीलाई विशेष राहतको वातावरण मिलाउन पहल गरिदिन आग्रह गरे ।

उनले बन्दाबन्दीका कारण लामो समयदेखि नेपाली उद्योगी व्यवसायीको सामान केरुङ नाकामा रोकिएको भन्दै उक्त सामान ल्याउनसमेत प्रमुख प्रतिपक्षी दलले पहल गर्नुपर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले उद्योगी व्यवसायीको जायज मागलाई सरकारले पूरा गर्नुपर्ने बताउँदै त्यसका लागि प्रतिपक्षी दलले पहल गर्ने विश्वास व्यक्त गरेको सभापति देउवाको भनाइ उद्यृत गर्दै भेटमा सहभागि महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? ५ दिन पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ५ दिन पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ४ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? ६ दिन पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै १ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले