रुपगाढ खोलाको काठेपुल भाँच्चियो, सवारी साधन आवतजावत बन्द
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार १७:५:४७
२९ भदौ, डोल्पा । यहाँको ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो ।
बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिए । पुल भाँच्चिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ । अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई १३ किमी सडकमा दुई गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।
तीन करोडको पुल खोइ
तत्कालीन जिल्ला विकास समितिको रु तीन करोडको लागतमा जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी २०७३ सालमा पक्की मोटरेबल पुलको निर्माण शुरु गरिएको थियो । सो वर्ष टेण्डरमार्फत मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्षभित्रमा पुलको निमार्ण कार्य पूरा गर्ने गरी कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिएका थिए ।
पुल निमार्णको जिम्मेवारी पाएको मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर उप्रेतीका डोल्पा प्रतिनिधि बुढाले काम गरेको रकमसमेत हालसम्म नपाएकाले काम रोकिएको बताए । निमार्ण व्यवसायी बुढाले पेश्कीस्वरूप लगेको रकमले स्थानीय ढुङ्गा, गिटी र बालुवा सङ्कलन तथा पुलको दुवैतर्फको पिलर र खाल्डा खन्ने काममा खर्च भएको बताए ।
तत्कालीन जिविसबाट पुल निर्माण शीर्षकमा रु दुई करोड ७० लाखभन्दा बढी रकम भुक्तानी लिइसकेको स्रोतको दावी छ । पुल निमार्ण सम्पन्न गरिसक्नुपर्ने समयावधि विसं २०७४ चैतसम्म भए पनि तीन पटकसम्म म्याद थप गर्दासमेत निर्माण पूरा भएको छैन ।
जोखिम मोलेर सवारी यात्रा
समयमै पुल निमार्ण कार्य पूरा नहुँदा अहिले सदरमुकाम दुनै भित्रिने यातायातका साधनहरू जोखिम मोलेर काठकोे पुलमार्फत ओहरदोहर गरिरहेका छन् । काठको पुलबाटै गाडीहरू वारपार गर्दा कुनै दिन ठूलो मानवीय दुर्घटना हुनसक्ने जीप चालक सुशील कठायतले बताए।
दुर्घटनापछि चिन्ता व्यक्त गर्नुभन्दा समयमै पुल निर्माण गरेर सहजरूपमा यातायात सञ्चालन गर्ने वातावरण मिलाउन उनले माग गरे । अघिपछि भन्दा बर्खायाममा खोला बढेको बेला वारपार गर्न एकदमै जोखिम हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार