जडीबुटी संकलन गर्न जुम्लीवासी पाटनतिर
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार १८:५५:१२
२९ भदौ, खलङ्गा । जुम्लाको तिला गाउँपालिका–९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी संकलन गर्न पाटनतिर लागेका छन् ।हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उनलाई यसपाली कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले उनी पाटनतिर लागेका हुन् ।
रावत केही युवाको समूह लिएर जडीबुटी संकलनमा जुटेका छन् । “आम्दानीको कुनै स्रोत छैन”, उनले भने, “परिवारकोे गुजरा चलाउन हम्मेहम्मे भइरहेको छ ।” लगाएको खेतीबालीले छ महिना पनि खानै पुग्दैन । त्यसैले पैसा कमाउनका लागि जडीबुटी संकलन गर्न पाटनतिर गएको उनको भनाइ छ ।
रावतजस्तै अहिले जुम्लाका थुप्रै विपन्न नागरिक जडीबुटी संकलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी ‘खिरौला’ र पदमचाल जस्ता जडीबुटी संकलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् ।
तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टिममा जडीबुटी संकलन गर्न हिँडेका छन् । उनले दुई दिनको पैदल यात्रापछि पाटनमा पुगिने बताए । एक दिनमा सेतोचिनी संकलनबाट न्यूनतम एक हजारसम्म आम्दानी गर्न सकिने उनीहरु बताउँछन् । सेतो चिनी सुकाएको प्रतिकिलो रु ५०० र काँचो प्रतिकिलो रु २५ मा बिक्री हुन्छ । एक दिनमा एक जनाले एक क्विन्टलसम्म कोर्न सक्ने ती युवाको अनुभव छ । सेतोचिनी कोर्न भने धेरै दुःख हुने उनीहरू बताउँछन् ।
जडीबुटी संकलनका लागि आवश्यक खाद्यान्न, नून, तेल, भाँडाकुँडा र लत्ताकपडा बोकेर जानुपर्छ । स्थानीयव एक युवा भन्छन्, “सबै बोकेर लिनुपर्छ, दाउरा र पानी पनि टाढाबाट बोक्नुपर्छ । अचानक बिरामी हुँदा समस्या हुन्छ । पाटनमा चट्याङको डर पनि उत्तिकै हुन्छ । ” ज्यानको बाजी थापेर खर्च जुटाउन भए पनि पाटनतिर जान बाध्य भएको ती युवाले सुनाए ।
तातोपानी–७ सर्मीका प्रेम कुँवर पनि दशैँ खर्च जुटाउनका लागि एक महिना पाटनमै बस्ने योजनामा छन् । अव्यवस्थित ढङ्गले सेतोचिनी सङ्कलन हुँदै जाँदा अहिले नजिकनजिक पाउन छाडेको उनले बताए । उनका अनुसार यसको बीउ नपाक्दै संकलन गर्नाले लोप हुने खतरा बढेको छ । कार्तिकदेखि मङ्सिरसम्म राख्ने हो भने यसको बीउ पाक्छ तर आज भोलि नै संकलन गर्ने प्रतिस्पर्धा चलिरहेको उनले बताए ।
जुम्लामा अत्यधिक दोहन र चोरी निकासीका कारण लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी लोप हुन थालेको छ । अवैध चोरी निकासीका कारण पर्याप्तमात्रामा पाइने सेतोचिनी, धुपी, पाँचऔँले, सतुवा, पदमचाललगायतका थुप्रै जडीबुटी पछिल्लो समय लोप हुँदै गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार