दक्षिण र पुर्वी एशियाका देशहरू एकीकरण गराैं !
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार २०:२२:५९
दक्षिण र पुर्वी एशियाका जनताकाे समृद्दिकाे सपनालाई साकार बनाउने हाे भने, याे क्षेत्रलाई भाैगाेलिक र सामरिक रूपमा समेत बृहद बनाउँदै अर्थतन्त्र बलियाे बनाउन जरूरी छ । दक्षिण एशियाका नेपाल, बंगलादेश, भुटान, म्यानमार, लाओस, थाईल्याण्ड, क्याम्बाेडिया, भियतनाम, चीन जस्ता देशहरू मिलाएर याे क्षेत्रलाई एकीकृत राज्य (United States) बनाउनु जकाे आवश्यकता हाे । त्यसका लागि सर्बप्रथम उल्लेखित देश र यहाँका जनताहरू मानसिक रूपमा तयार हुन जरूरी छ ।
हाे ! विश्वमा केही साना र भुपरिवेष्ठित मुलुकहरू विकसित छन, तर विश्वका सबै सानाठुला मुलुकहरू विकसित र समृद्ध छैनन् । एक्काईसाैं शताब्दीकाे बदलिदाे विश्व परिवेश र समयमा सबैकाे चाहाना समृद्धि नै हाे, जुन अत्यन्त कठिन यात्रा हाे । दक्षिण एशियाका SAARC र ASEAN राष्ट्रका संगठनहरू आआफ्नाे लक्ष्य र उदेश्य प्राप्तिमा असफल भईसकेकाे विधमान अवस्था र परिस्थितिमा सबै देश र देशबासीले नयाँ ढंगले साेच्ने परिस्थिति विकसित भईसकेकाे छ ।
राजनीतिक व्यवस्था, शासकीय स्वरूप र त्यसकाे पात्र परिवर्तनले मात्र लक्षित उपलब्धि हासिल हुँदैन । राजनीतिक व्यवस्था परिवर्तनले मात्र समृद्धि आउँदैन । ब्यक्तिगत ईच्छा, चाहाना र त्याग बिना भनेजस्ताे आर्थिक समृद्धि र उपलब्धि हासिल नहुने भएकाले बिना त्याग समृद्धिकाे सपना देख्नु हाम्राे जस्ताे अविकसित, बिकासाेन्मुख, भाैगाेलिक रूपमा सानाे र भुपरिवेष्ठित मुलुकका जनताका लागि कठिन थियाे र हुनेछ । जनजागरण आउनुपर्ने “एकीकरणका” लागि हाे, खण्डीकरणका लागि हाेईन । अब पनि यस क्षेत्रमा छरिएर रहेका राज्यहरू एकीकरण नहुनु दुर्भाग्य हाे ! अबपनि एकीकरण नहुने हाे भने, याे क्षेत्रका जनतामा जनजागरण आईनसकेकाे कुरा प्रष्ट हुनेछ ।
“राजनीतिक व्यवस्था र पात्रकाे परिवर्तनले समृद्धिकाे सपना पुरा हुनेछ !” भन्ने ठान्नु मुर्खता हुनेछ । याे क्षेत्रका जनता विभिन्न राजनीतिक दल,व्यवस्था र पद्धतिकाे झण्डा बाेकेर हिँडेकाे सयाैँ बर्ष भईसक्याे ! अब पनि राजनीतिक व्यवस्था, नेतृत्व र फेरिएका नेता र तिनका ओठे नाराले मुलुकमा समृद्धि आउँछ भन्नु जनतालाई दिग्भ्रमित पार्नु र भ्रमकाे खेतीलाई निरन्तरता दिनु हाे । समृद्धि र विकाश समाजकाे “बहुआयामिक” पक्षसँग सम्बन्धित कुरा हाे । समाजकाे कुनै एक पक्ष (राजनीतिक क्षेत्र) मा भए-गरेकाे परिवर्तनले याे क्षेत्रकाे समृद्धिकाे जनचाहाना साकार हुनेवाला छैन !
नेपाल लगायत दक्षिण तथा पुर्वी एशियाका देश र यहाँका जनताहरूले एउटा कुरा स्पस्ट रूपमा बुझ्न जरूरी छ, त्याे के भने एकीकरण नै यस क्षेत्रका देशहरूकाे समृद्धिका लागि पुर्व र अन्तिम शर्त हाे । देशहरू फुटेर-फुटाएर हाेईन, जुटेर-जुटाएर जाने बेला हाे । फुटेर हाेईन, जुटेरमात्र लक्ष्य हासिल गर्न सकिन्छ । राष्ट्रहरू फुटाएर एकाई बनाउने हाेईन, राष्ट्रहरू जुटाएर लक्ष्य हासिल गर्नेतर्फ मुखरित हुन जरूरी छ । याे शर्तकाे हासिल बिना जनआकांक्षा पूरा हुनसक्ने देखिदैन । त्यसैले याे क्षेत्रमा छरिएर रहेका देशहरू मर्ज हुनुपर्ने बेला आईसकेकाे छ ।
विश्व मानचित्रमा दक्षिण र पुर्वी एशियाका राष्ट्रहरू एकै भाैगाेलिक क्षेत्रका राष्ट्रहरू हुन । यी राष्ट्रहरूमा भाषिक र सांस्कृतिक रूपमा विविधता भएतापनि अब एकभई निश्चित शर्तमा एकीकृत हुनुपर्ने बेला आईसकेकाे छ । एकीकृत राज्यका रूपमा United States of South Asia (USSA) बनाएमा विश्वकाे अर्थतन्त्र दक्षिण एशियाकाे पकडमा आउने र चिरकालसम्म विश्व अर्थब्यबस्था याे क्षेत्रकाे पकडमा रहने मात्र नभई याे क्षेत्रका जनताकाे लामाे समय देखिकाे आर्थिक समृद्धि र लक्ष्य समेत हासिल हुने कुरा सुनिश्चित छ ।
(याे लेखककाे निजी विचार हाे । )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै
बैशाख ७, २०८१ शुक्रबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज सुन तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार