शनिबार , असोज १०, २०७७

अख्तियारको दुरुपयोग, तामेलीको फाइल फेरि खोल्न ट्रान्सपरेन्सी नेपालको आग्रह

अख्तियारको दुरुपयोग, तामेलीको फाइल फेरि खोल्न ट्रान्सपरेन्सी नेपालको आग्रह

२९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको धमाकेदार इन्ट्रीले धेरैको धडकन बढेको थियो । किनभने निजामती सेवामा रहँदा घिमिरेमा देखिने गरेको निडर स्वभाव र केही गर्ने जाँगर अख्तियारमा पुगेपछि साँच्चै तिलश्मी हुने धेरैको अनुमान थियो । सुरुआती दिनमा उनले देखाएको सक्रियताले साँच्चै केही होला भन्ने भ्रम जगाएको पनि हो । तर जसै उनको कार्यकाल अघि बढ्यो केवल सत्ताको लाचार छायाँ बन्न पुगे । साना माछा समाएर राष्ट्रपतिकोमा बुझाउने वार्षिक प्रतिवेदनमा संख्या बढाए, तर ठूला माछाको आफैं ढाल बन्न पुगे ।

त्यसैले हिजो अख्तियारबाट विदाबारी हुँदा घिमिरेको नूर गिरेको थियो, भिजेको बिरालो जस्तो । बाघका रुपमा इन्ट्री गरेका उनी निस्कँदाको क्षण तनावमै थिए । किनभने उनले आफ्नो कार्यकालमा निम्छरा कर्मचारीको हुर्मत लिएका थिए । जबकी उनले देशै दुर्गन्धित हुनेगरी भएका भ्रष्टाचारका फाइल तामेलीमा राखेर बिदा हुँदै थिए । त्यसबारे हिजो मूलधारका मिडियाले उनको धज्जी उड्नेगरी समाचार टिप्पणी सार्वजनिक गरेका थिए ।

अख्तियार परिसरमा आयोजित बिदाई कार्यक्रममा घिमिरे नैतिक रुपमा पराजित थिए । त्यसको प्रत्यक्ष असर कार्यक्रममै झल्किएको थियो । हिजो उनका अगाडि तेर्सिएका हरेक अखबारमा उनकै बखान थियो, तर नकारात्मक । त्यही देखेरपनि होला प्रमुख ज्यू एकदमै अफसेट हुनुहुन्थ्यो– अख्तियारका एक कर्मचारी भन्दै थिए । यसैबाट पनि उनको बारेमा रहेको भ्रम चिर्न सहज भएको अर्का कर्मचारीको टिप्पणी थियो ।  प्रत्यक्ष रुपमा भ्रष्टाचारमै त उहाँ संलग्न भएको देखिएन, तर नैतिक रुपले पनि चोखो देखाउन उहाँ चुक्नु भयो– उनको भनाई हो ।

अख्तियारमा रहँदा उनले निजामती कर्मचारीका रुपमा पाउने निवृत्तिभरणसमेत छाडेनन् । दोहोरो सुविधा लिन नहुने उच्च नैतिकतासमेत उनले पालना गरेनन् । यो काण्डले पनि उनको लालच झल्किन्थ्यो ।  सबैभन्दा ठूलो अपराध उनले सना कर्मचारीमाथि लोकमान शैलीमा गरेको अत्याचार थियो । मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले एक हजार घूस खाएको आरोपमा उनले थुने ।

थुनामुक्त भएको एकसाता नपुग्दै सुवेदीले आत्महत्या गरे । पछि विशेष अदालतले स्वर्गीय सुवेदीलाई सफाई दियो । त्यसको भरपाई घिमिरेले गर्न सकेनन् । सत्तासीनहरुको ताबेदारी गर्नु उनको कमजोरी हो । केपी ओलीको त उनी दास जस्तै देखिए । उनलाई नियुक्त गर्ने नै ओली भएकाले त्यस्तो गरेका होलान्, तर उनको यो चरित्रले समग्र अख्तियार बदनाम भयो– ती कर्मचारीको गुनासो छ । घिमिरेको यही स्वभावले गर्दा आज अख्तियारको शाख धुलोमा मिल्यो – धेरैको आरोप छ ।

यसैबीच घिमिरेले उन्मुक्ति दिएका कतिपय चर्चित घोटलाको छानविन गर्न सरोकारवालाहरुले जोडदार रुपमा आवाज उठाएका छन् । भ्रष्टाचार र अनियमितताको क्षेत्रमा खबरदारी गर्दै आएको चर्चित संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपाल च्याप्यटरले समेत त्यस्तै माग अगाडि सारेको छ । आयोगले तामेलीमा राखेको छ वटा फाइल जो ज्यादै चर्चित थिए, तिनको पुन छानविन गर्न माग गरिएको छ ।  घिमिरे प्रमुख रहँदा तामेलीमा राखिएका ती काण्डमा ठूलै चलखेल भएको यथेष्ठ प्रमाण हुँदाहुँदैपनि अनुसन्धान नै नगरी फाइल तामेलीमा राखिएकोमा इन्टरनेशनलले आपत्तिसमेत जनाएको छ ।

इन्टरनेशलनले हिजै प्रेस विज्ञप्ति जारी गर्दै आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी र न्यारोबडी जहाज खरिद प्रकरण, यति होल्डिङलाई नेपाल ट्रष्टको जग्गा भाडामा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिदमा भएको ७० करोड मोलमोलाई प्रकरण र ओम्नीलाई बिना प्रतिस्पर्धा सरकारले दिएको ठेक्का प्रकरणबारे अनुसन्धान गर्न माग गरेको छ ।

देशमै सबैभन्दा चर्चित रहेका यी काण्डमा निष्पक्ष अनुसन्धान भएको अवस्थामा ठूलै चलखेल भएको पाइने भन्दै विज्ञप्तिमा भनिएको छ– तर अख्तियारकै पदाधिकारीले लाजमर्दाे गरी अनुसन्धान प्रकृया नै अगाडि नबढाइ फाइल तामेलीमा राख्ने निर्णय गर्नुका पछाडि के कारण हो प्रष्ट्याउनुप¥यो । ट्रान्सपरेन्सी नेपाल च्याप्टरका अध्यक्ष खेमराज रेग्मीले पनि यो काण्डमा अख्तियारबाट कमजोरी भएको आरोप लगाए । दुनियाँले भ्रष्टाचार भएको छ भन्दै छ तर अख्तियारका पदाधिकारी भने के आधारमा फाइल तामेलीमा राख्छन् ? उनले प्रश्न गरेका छन् ।

यी सबै काण्डमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै बचाउ गरेको स्मरण गर्दै पूर्व प्रशासकसमेत रहेका रेग्मीले भने– प्रधानमन्त्रीले भ्रष्टाचार भएको छैन भन्ने अख्तियारले फाइल भटाभट तामेलीमा राख्ने,यो कस्तो सुशासन हो ? प्रधानमन्त्री ओलीको भ्रष्टाचार विरोधी अभिव्यक्ति सबै मित्थ्या भएको उनको ठम्याई छ । मुखले भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने व्यवहारमा भने उल्टो देखियो – रेग्मीले भने ।

एकातिर बाघ कराउनु अर्कातिर बाख्रा हराउनु जस्तै भएको छ प्रधानमन्त्रीको अभिव्यक्ति र अख्तियारको तामेली – उनले भने । अख्तियार जस्तो निकाय नै कार्यकारीको तलुवा चाट्न उद्यत् भएपछि यो देशमा अनियमितता र भ्रष्टाचार घट्ला भन्ने चिताउनु नै मूर्खता हुने उनको ठम्याई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १७ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले